क्यान्सरपीडितलाई इजरायलबाट सहयोग

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ फागुन २०७१, शुक्रवार
क्यान्सरपीडितलाई इजरायलबाट सहयोग

चितवन । प्रजातन्त्र दिवसको दिन भरतपुरस्थीत वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक युवालाई इजरायलबाट आर्थिक सहयोग भएको छ । इजरायलमा सक्रिय किरात याक्थुङ चुम्लुङ इजरायल–नेपालले जुटाएको सहयोग रकम गोर्खे ९ मानेभञ्ज्याङ निवासी नुपेन मुखियालाई हस्तान्तरण गरिएको हो । गत असोजदेखि ब्लडक्यान्सरले पीडित २२ वर्षिय नुपेनलाई बेंग्लोर, कलकतापछि हाल चितवनमा उपचाररत छन् ।

सहयोग गर्नेहरुमा किरात याक्थुङ चुम्लुङ नेपाल–इजरायल – रु. २६,३७८।–, जोन लिम्बू रु. ५०००।–,  माया तामाङ – रु. २५७५।–, कौशिला सेर्मा लिम्बू रु. २५७५।–, अनिता मुखिया रु. २५७५।–, वर्षा सेर्मा लिम्बू २५७५।–, विवस खापुङ सुमन रु. १३००।–, पुनम सेर्मा लिम्बू रु. १३००।–, देव बाँस्कोटा १३००।–, नन्दकुमारी मुखिया – रु. १३००।–, उषा श्रेष्ठ रु. १३००।–, जीतमान चोङबाङ लिम्बू रु. १३००।–,  शान्ति खापुङ लिम्बू रु. ७६५।–, शान्ति चोङबाङ लिम्बू रु. ७६५।–, रहेका छन् ।

चुम्लुङ इजरायल–नेपालद्वारा संकलति ५१ हजार ८ रुपैयाँ बिरामीका बुबा निर्मलकुमार मुखियालाई हस्तान्तरण गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष सन्तकुमार चौधरी, सहयोग रकम लिएर आएका देवेन्द्र खापुङ लिम्बू र अस्पतालका कार्यकारी निर्देशक डा. सिवि पुनले संयुक्त रुपमा दिउँसो अस्पताल परिसरमा सो रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण समारोहमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा.पुनले आर्थिक अवस्थाले कमजोर परिवारलाई अस्पतालका तर्फबाट र अन्य विभिन्न संस्थाहरूले सहयोग गर्दै आईरहेको भन्दै नुपेनको उपचारमा पनि केही सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो । उहाँले सहयोगका लागि अन्य विभिन्न पक्षहरूसंग समेत छलफल गरिने बताउनुभयो ।
फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरीले सहयोगी मनहरूलाई धन्यवाद दिदै यस्तै किसिमका सहयोग हरेक क्षेत्रबाट हुनुपर्नेमा बताउनुभयो । युवा अवस्थामा रहेका नुपेनलाई बचाई राख्न सहयोगको लागि अनुरोध समेत गर्नुभयो । बिरामीका बुबा निर्मलले छोरालाई बचाउन सहयोगको याचना गर्नुभयो । उहाँले उपचारको क्रममा तीन महिनाभित्रमा करिव साढे ५ लाख रुपैयाँ खर्च भईरहेको जानकारी दिनुभयो । उहाँले अझै दुई महिना अस्पतालमा राख्न चिकित्सिकहरूको आग्रह रहेको भएपनि पैसाको अभावमा उपचारमा कठिनाई पर्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया