महामारीमा सोवा रिग्पा उपचार

रोजिना लामा
रोजिना लामा१ जेठ २०७८, शनिवार
महामारीमा सोवा रिग्पा उपचार

विश्वव्यापी कोरोना महामारीको संकट चुलिए पछि उपचार पद्धतिका विभिन्न विधिमा छलफल प्रारम्भ भएको छ । यस मध्ये वैकल्पिक उपचार विधि अन्तर्गत सोवा रिग्पा उपचार पनि एक हो । नेपालको हिमाली भूभागमा लोकप्रिय रहेको सोवा रिग्पा उपचार पछिल्लो समयमा नेपालका बिभिन्न शहरी र ग्रामिण इलाकामा बिस्तार भएको छ । 

नेपालमा मात्र नभएर भारत, भूटान, मंगोलिया, तिव्वत आदि मुलुकमा अत्याधिक विश्वास गरिएको सोवा रिग्पा उपचार पद्यति आदिबासी ज्ञानमा आधारित उपचार भन्ने बुझिन्छ । तथापि अहिले यो उपचारका बारे विश्व विद्यालय तहमा अध्यापन हुने गरेको छ । यसबाट सोवा रिग्पाका बिज्ञ विशेषज्ञहरु (आम्चीहरु) उत्पादन हुन थालेका छन् ।

सोवा रिग्पा उपचारका अगुवा आम्ची हुन्छन् । ‘स्वास्थ्य उपचारका वैकल्पिक विधा आयुर्वेद, अकुपञ्चर युनानी जस्तै सोवा रिग्पा पनि उपचारको फरक पद्धति हो ।’ सोवा रिग्पा एशोशिएशन नेपालका अध्यक्ष आम्ची डा. तेञ्जिङ धार्के गुरुङले भन्नु भयो–‘बुद्ध भगवानको  पाँच महाज्ञानहरु मध्ये एउटा ज्ञान सोवा रिग्पा ज्ञान हो । बुद्ध भगवानले यस उपचार विधिका लागि चार वर्ष तपश्या गरेका थिए । यस कारण यो उपचार पद्धति नेपालमा बुद्धको जन्म भएको र यहिबाटै यसको सुरुवात भएको मान्न सकिन्छ । 

जडिबुटीको प्रयोग 

सोवा रिग्पा उपचारमा मूलतः जडिबुटीको प्रयोग हुन्छ । हावा, पानी, माटो, आगो, र प्राण सहितको पन्चतत्वले बनेको मानव शरीर यी तत्वमा गडबढ भएमा रोग लाग्ने सोवा रिग्पा पद्धतिको मूल दर्शन हो । डा गुरुङका अनुसार प्राकृतिक जडिबुटीले यी पन्चतत्वलाई सन्तुलन राख्न सहयोग गर्दछ । सोवा रिग्पा उपचारमा सम्लग्न आम्चीहरुका अनुसार बुद्धिष्ट ज्योतिष र खगोल विज्ञान अनुसारउपचार गर्ने गर्दछन् । यो बिद्यामा रोगको रोकथामका लागि शुद्धपानी, मुहानको सरसफाई, असल खानपीन, स्वस्थ जीवनशैलीमा जोड दिन्छ । 

हिमाल क्षेत्रको करिव एक हजार प्रजातिका जडिबुटी र १३० किसिमका जनावरका शरीरका विभिन्न अंगबाट सोवा रिग्पाको औषधि बनाउने गरिन्छ । यस्ता जडिबुटीहरु नेपालमा नै उपलव्ध हुन्छन् । यी जडिबुटी पहिचान गर्ने ज्ञान आम्चीहरुमा मात्र हुन्छ ।

हिमाल क्षेत्रको करिव एक हजार प्रजातिका जडिबुटी र १३० किसिमका जनावरका शरीरका विभिन्न अंगबाट सोवा रिग्पाको औषधि बनाउने गरिन्छ । यस्ता जडिबुटीहरु नेपालमा नै उपलव्ध हुन्छन् । यी जडिबुटी पहिचान गर्ने ज्ञान आम्चीहरुमा मात्र हुन्छ । यस्तो ज्ञान परम्पराबाट सिकेका हुन् । तर पछिल्लो समयमा यस्तो ज्ञानका लागि बिद्यालय तथा कलेजहरु पनि खुलेका छन् । 

जडिबुटी पहिचान एक वैज्ञानिक विधी हो । सामन्यतः औषधिय ज्ञान ल्याबमा परिक्षण गरे पछि मात्र प्रयोगमा आउँछन् । तर सोवा रिग्पा उपचार पद्यतिमा सम्लग्न आम्चीहरु भने बुद्ध बचनका आधारमा परम्पराबाट अभ्यासमा आएको यो उपचार विज्ञान सम्मत रहेको दावी गर्छन् । किनभने औषधीजन्य जडिबुटी कुन समयमा टिप्ने, कसरी प्रशोधन गर्ने विषयमा यहाँ कुनै अन्योलता छैन । सबै बिषय अभ्यासमा आएको हुँदा ये प्रमाणित बिषय हो । यसको प्रयोगका बारे पनि बिशेष सिद्धान्त हुन्छन् । यसकारण यो उपचार परम्परागत ज्ञान र आधुनिक बिज्ञानको संयुक्त प्रस्तति हो । 

कोरोना महामारीमा सोवा रिग्पा

विश्वव्यापी कोरोना महामारी फैलिरहेको बेला आम्चीहरुले रोग प्रतिरोधी क्षमता बढाउन सल्लाह दिइरहेको पाइन्छ । उपल्लो मुस्ताङमा रहनु भएका आम्ची ग्याल्छो बिष्टले जानकारी गराउनु भए अनुसार महामारीमा औषधि नै दिनु भन्दा पनि सन्तुलित आहार तथा सरकारले तोकेको मापदण्ड पालना गराउनु नै यो महामारीबाट बच्ने एक मात्र उपाय हो । परम्परा अनुसार आदिवासीका तरल खानेकुरा खाने बिशेष सल्लाह छ । तातोपानी खाने, बाह्य मानिससंग सम्पर्क नगर्ने सल्लाह दिने गरिएको छ । 

उपल्लो मुस्ताङमा रहनु भएका आम्ची ग्याल्छो बिष्टले जानकारी गराउनु भए अनुसार महामारीमा औषधि नै दिनु भन्दा पनि सन्तुलित आहार तथा सरकारले तोकेको मापदण्ड पालना गराउनु नै यो महामारीबाट बच्ने एक मात्र उपाय हो ।परम्परा अनुसार आदिवासीका तरल खानेकुरा खाने बिशेष सल्लाह छ । तातोपानी खाने, बाह्य मानिससंग सम्पर्क नगर्ने सल्लाह दिने गरिएको छ । 

डोल्पामा रहनु भएका आम्ची डा. उर्गेन गुरुङको विचारमा पनि कोरोना महामारी संक्रमण भई हालेमा यसको औषधिय उपचार गराउनु भन्दा पनि रोगको संक्रमणबाट बच्नु हो । यसकारण आम्चीहरुले कुनै पनि रोगको उपचारमा भन्दा रोग लाग्न नदिने रणनीति लिएको छ । 

सोवा रिग्पा कसले प्रयोग गर्ने ?

सोवा रिग्पा उपचार पद्धति बुद्धधर्म मान्नेले मात्र प्रयोग गर्ने भन्ने भ्रम रहेको छ । आम्ची तेञ्जिङ धार्केको भनाईमा बुद्ध बचन अनुसार सबै प्राणीहरुको आफनो जीवन चक्र अनुसार उपचार  पाउने अधिकार हुन्छ । यसकारण यो उपचारमा सबै सम्लग्न हुन गर्दछन् । बुद्धले आफनो धर्म देशनामा आस्तिक, नास्तिक, ऋषि र देव समुह गरी चार समुहको परिकल्प्ना गर्नू भएको छ । यी सबै समूहले सोवा रिग्पा उपचार पाउँछन् । 

आन्तराष्ट्रिय क्षेत्रमा विस्तार 

सोवा रिग्पा ज्ञान अव एक समुदाय वा एक क्षेत्र बिशेषमा मात्र सिमित रहेन । नेपाल बाहिर यो उपचार बिधि लोकप्रिय भएर गएको छ । भारतमा नै सोवारिग्पा उपचार पद्धतिका विषयमा विद्यालय, विश्वविद्यालय अन्र्तगत शिक्षा दिइरहेको छ । यस विषयमा अनुसन्धान केन्द्र, परामर्शकेन्द्रहरु रहेको छ । भारतको लद्दाखमा विश्व विद्यायल निमार्ण हुँदै छ । भारतसंगै चिनमा पनि सोवा रिग्पा अध्ययनका लागि विश्वविद्यालयहरु रहेका छन । भुटानमा पनि यस विषयमा विद्यालय अन्र्तगतनै अध्ययन गराइन्छ । यसैगरि मुस्ताङमा सिटिभिटिइबाट मान्यता लिएर १८ महिने कक्षा सत्तचालनमा छ । अब एचए लेबलको पाठ्यक्रम सुरु भैसकेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन लिएर बिएसएमको कोर्स चालाइएको छ । नेपालमा सोवा रिग्पा इन्स्टिच्यूट सातवटा, सोवा रिग्पा औषधी उद्योग ६ वटा, सोवा रिग्पा मेडिकल क्लिनिक ६० वटा र सोवा रिग्पा चिकित्सक करिब २०० जना रहेका छन् । सन् २०१६ देखि नेपालमा विएसएमएस तहमा सोवा रिग्पा इन्टरनेशनल कलेज सञ्चालित भइरहेको छ । 

प्रतिक्रिया