बनमन्त्री बस्नेतको राजीनामा माँग,  प्रचण्डलाई पनि असर पर्ने

कुमार यात्रु तामाङ
कुमार यात्रु तामाङ१३ साउन २०७७, मङ्गलवार
बनमन्त्री बस्नेतको राजीनामा माँग,  प्रचण्डलाई पनि असर पर्ने

चेपाङ हत्या प्रकरणमा सेना विरुद्ध प्रहरीमा जाहेरी । चेपाङ संघको पाँच बुँदे माँग । राजकुमार चेपाङको शब टिचिङमा । पोष्टमार्टम भएन । 

चितवन माडीको कुसुमखोलामा आदिवासी चेपाङको घरमा आगजनी र हात्ती लगाएर भत्काएको र निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको कुटपीटबाट चेपाङ युवाको मृत्यु भएको प्रकरणमा प्रतिनिधि सभा कानून तथा  मानव अधिकार समितिमा बन तथा वातावरण मन्त्री शक्ति बस्नेतले दिनु भएको अभिव्यक्तिले आदिवासी चेपाङलाई अपमान गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ लगायतले राजीनामा माँग गरेका छन् । 

इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष जगत बरामले यस प्रकरणमा बस्नेतले राजीनामा दिनु पर्ने बताउनु भयो । महासंघले आदिवासी महासंघ र सरोकारवालाहरुकोको सम्लग्नतामा घटनाको स्वतन्त्र छानवीन गर्न माँग गरिरहेकै पृष्ठभूमिमा बन मन्त्रीको उन्मादपूर्ण अभिव्यक्ति आएको हुँदा महासंघले मन्त्री बस्नेतको रानीनामाको माँगलाई पनि एजेन्डा बनाएको जानकारी दिनु भयो । ‘यदि यो घटनाको समधान भएन भने मन्त्री बस्नेतले राजीनामा दिनु पर्छ ।’ महासंघका अध्यक्ष बरामले भन्नु भयो –‘यसको असर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मध्येका एक पुष्पकमल दहाल प्रचण्डलाई पनि पर्न सक्छ ।  किनभने चितवनको माडी उहाँको निर्वाचन क्षेत्र हो र यसको समाधान खोज्ने दायित्व उहाँको पनि हो ।’

माडीको कुसुम खोलामा चितवन राष्टिय निकुञ्जका सहायक वार्डेन भोजराज पन्तको नेतृत्वमा हतियारबन्द सेनासहितको टोलीले चेपाङ समुदायको घरमा हात्ती लगाएर घर भत्काइएको र दुई घरमा आगजनी गरिएको घटना सेलाउन नपाउँदै निकुञ्जमा खटिएका सेनाको कुटाईबाट स्थानीय राजकुमार चेपाङको मृत्यु भएको थियो । 

माडीको कुसुम खोलामा चितवन राष्टिय निकुञ्जका सहायक वार्डेन भोजराज पन्तको नेतृत्वमा हतियारबन्द सेनासहितको टोलीले चेपाङ समुदायको घरमा हात्ती लगाएर घर भत्काइएको र दुई घरमा आगजनी गरिएको घटना सेलाउन नपाउँदै निकुञ्जमा खटिएका सेनाको कुटाईबाट स्थानीय राजकुमार चेपाङको मृत्यु भएको थियो ।  साउने संक्रान्ती मनाउन निकुञ्ज भित्र घुँगी टिप्न गएका राप्ती नगरपालिका –१ निवासी राजकुमार चेपाङलगायतका ६ जना गएकोमा उनीहरुलाई पक्राउ गरी निर्मम कुटपीट गरेका थिए । कुटपीटबाट राजकुमारको निधन भएको चेपाङ समुदायको आरोप छ । 
सेना बिरुद्ध प्रहरीमा जाहेरी 

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका सेना बिरुद्ध मृतक राजकुमार चेपाङका बाबु विष्णुलाल चेपाङले जिल्ला प्रहरी कार्यलय चितवनमा जाहेरी दिनु भएको छ ।  जिल्ला प्रहरी कार्यलय चितवनमा गत साउन ८ गते परेको जाहेरीमा राप्ती नगरपालिका वडा नम्बर २ को मिलनटोल निवासी बर्ष २४को राजकुमार चेपाङ निकुञ्जको सुरक्षार्थ खटिएको लिगलिगे पोष्टमा खटिएका ६ जना सिपाहीहरुको कुटाईबाट मृत्यु भएको उल्लेख छ । जाहेरीमा नेपाली सेना भनिउको छैन । सिपाहीको कुटाईबाट मृत्यु भएको उल्लेख छ । जाहेरीमा राजकुमार चेपाङसमेतलाई लट्ठी र बुटले शरिरका बिभिन्न भागमा कुटपीट गरी छोडी दिएको र घर आएपछि चोटपटकका कारण छटपटाउन थाले पछि उपचारका लागि भरतपुर अस्पतालमा ल्याएकोमा ८ गते बिहान राजकुमारको मृत्यु भएको उल्लेख छ । जाहेरीमा अन्यायीहरुलाई अनुसन्धन गरी हदैसम्मको जरविाना र सजाय गर्न पनि माँग गरिएको छ । 

मृतक राजकुमार चेपाङको शब काठमाडौको शिक्षण अस्पतालमा सोमबार ल्याइएको छ । र हालसम्म परिवारका सदस्यहरुले शब बुझेका छैनन् ।

मृतक राजकुमार चेपाङको शब काठमाडौको शिक्षण अस्पतालमा सोमबार ल्याइएको छ । र हालसम्म परिवारका सदस्यहरुले शब बुझेका छैनन् । सो जाहेरीमा राजकुमारसंगै कुटपीटमा परेका डिलमाया चेपाङ, गमबहादुर चेपाङ, सन्तलाल प्रजा, पुर्णिमाया चेपाङ र पूर्ण चेपाङलाई साक्षीका रुपमा राखिएको छ । 
चेपाङको पाँचबुँदे माँग 

नेपाल चेपाङ संघले कुसुम खोला घटनामा पाँचब्ुँदे माँग अघि सारिएको छ । संविधान सभाका सदस्य गोविन्दराम माझीका अनुसार सो माँगका बारे स्थानीय प्रशासनसंग पटक पटक बार्ता भए पनि निश्कर्ष भने निस्कन सकेको छैन । ती माँग पुरा नभएसम्म बार्ताले निकाश निस्कन नसक्ने उहाँले बताउनु भयो । 

नेपाल चेपाङ संघ बागमति प्रदेश कार्यसमितिका अध्यक्ष खुशीलाल चेपाङ र चितवनका अध्यक्ष भीमबहादुर चेपाङले एक बक्तव्य प्रकासित गरी कुसुमखोला घटनाका पीडितलाई गाँसबास कपास सहितको तत्काल पुनर्वासको व्यबस्था गरिनु पर्ने, पीडक कर्मचारीमाथि छानबीन गरी बर्खास्त सहितको कडा कारबाही गरिनु पर्ने, चेपाङ सुम्दायलाई पुनर्वास गर्दा जीविकोपार्जनको व्यबस्था गरिनु पर्ने, चेपाङ समुदायलाई प्राकृतिक स्रोत र साधन माथिको उपयोगमा लागेको प्रतिबन्ध हटाउनु पर्ने र आदिवासी चेपाङको धर्म संस्कृति तथा प्रथा परम्परामा खलल पार्न नहुने माँग राखिएको छ ।

प्रतिक्रिया