लाहुरेको जीवन ‘खुकुरीको धारमा दुई शताब्दी’ पुस्तक बिमोचन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ माघ २०७१, बिहिवार

lahure

माघ २९, काठमाण्डौं । लाहुरेको पिडा र भोगाई समेटिएको ‘खुकुरीको धारमा दुइ शताब्दी’ नामक पुस्तकको विहिबार विमोचन गरीएको छ । गोर्खालीहरुले बेलायतमा जागिर खान थालेको दुई सय वर्ष पुगिसकेको सन्दर्भमा दुइसय वर्षको अवधिमा गोर्खालीले बेलायति सेनामा रह“दा भोग्नु परेका दर्दानक पिडालाई समेटिएको पुस्तक पाठक सामु आएको हो ।

पुस्तक नरेश काङमाङ राईले लेख्नु भएको हो । लेखक आफै पनि बेलायति सेनामा कार्यरत छन् । बेलायति सेनाबाटै युद्ध लड्दा अशक्त बनेका लेखक राईले बेलायत सरकारले बेलायति सेना र नेपाली सेनालाई बराबर सेवासुविधा दिलाउने भनि त्रिपक्षिय सन्धिमा हस्ताक्षर गरेपनि अहिलेसम्म लागु नहुद“ा गोर्खालीहरुले आन्दोलन गरीरहेको कार्यक्रममा स्मरण गराए । लेखक राइले लाहुरे हुनुको पिडा आदिवासी भएकैले भोग्नुपरिरहेको पनि बताउनु भयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकद्धारा पुस्तकको बिमोचान गरिएको हो ।  रसिकले कार्यक्रममा लाहुरेको पिडा सबैको पिडा हुनुपर्ने बताए । पुस्तकमा पुस्तकमा २७ जना ब्यक्तित्वहरुलाई समेटिएको छ । पुस्तकमा बर्मा, फोकल्याण्ड, अफगानिस्तान लगायतसंग भूपू गोर्खाली सैनिकले युद्ध लड्दा भोगेका भोगाइसम्मको बृतान्त समेटिएको मदन पुस्कार विजेता तथा आख्यानकार राजन मुकारुङले बताए । ब्रदर्स बुक्स पब्लिकेसन्सले आयोजना गरेको विमोचन कार्यक्रममा, प्राज्ञ श्रवण मुकारुङ, पत्रकार अरुण बराल लगायतले पुस्तकको समिक्षा गरेका थिए ।

प्रतिक्रिया