विश्वव्यापी बहसको बिषय बनेको जलवायू परिबर्तनबाट आदिवासी जनजातिहरु सबै भन्दा बढी प्रभावित बन्न पुगेको यसका अभियानकर्ताहरुले बताएका छन् । ‘प्राकृतिक वााातावरणसँग आदिवासीको घनिष्ठ सम्बन्ध र निर्भरता हुन्छ । यसै कारण जलवाय परिबर्तनबाट आदिवासीहरु बढी प्रभावित भएका हुन्छन् ।’ नेपाल आदिवासी जनजाति महासंघको जलवायू परिबर्तन कार्यक्रमका संघीय संयोजक तुङ्गाभद्रा राईले भने –‘नेपालमा पनि यसको असर देखा पर्न थालि सकेको छ । हिमाल देखि तराईसम्मका आदिवासीहरुको बद्लिदो जीवन पद्धतिलाई नियाल्यौ भने जो कोहीले पनि यसको महसुष गर्न सक्छन् ।’
हिमाल कालो
विभिन्न स्थानहरुमा पानी पर्ने, हिउँ पर्ने र असिना पर्ने ढाँचामा अस्वाभाविक परिवर्तन देखिएमा जलवायू परिबर्तन भन्ने गरिन्छ । नेपालमा पनि केही भागमा पहिलेभन्दा धेरै पानी पर्ने, केही ठाउँमा भने कम पानी पर्नेजस्ता असरहरु देखिएका छन् । आँधी, खडेरी, गर्मीको लहर र वर्षाका घटना झन बढी हुन थालेको जलवायू परिबर्तनका अनुसन्धानकर्ता डा रघुबीर बिष्टले बताए ।
नेपालमा पनि केही भागमा पहिलेभन्दा धेरै पानी पर्ने, केही ठाउँमा भने कम पानी पर्नेजस्ता असरहरु देखिएका छन् ।
‘उच्च हिमशृङ्खलामा हिउँको तह घटेर गइसकेको छ भने हिउँ पग्लने क्रम बढेर हिमनदीको वहाव बढेको छ ।’ अर्का अभियानकर्ता कमल साम्पाङ भन्छन् ‘हिमालका हिउँ पग्लेर जाने, हिउँ कम देखिने वा हिमाल कालो देखिन थालेको छ । हिउँ पग्लेर हिमतालमा पानी बढेर फुट्ने खतरा बढेको छ । यो जलवायु परिबर्तनको सूचक हो ।’
जलवायू परिबर्तनका यस्ता सूचकबाट खोला किनारामा बसोबास गर्दै आएका आदिवासी माझी तथा बोटे प्रत्यक्ष प्रभावित छन् । बाढी तथा पहिरोको उच्च जोखिममा उनीहरुको परम्परागत पेशा र पेशासंगै धार्मिक तथा साँस्कृतिक र आध्यात्मीक आस्थामा गंभीर चोट पुग्न गएको छ । साम्पाङको तर्कमा यो क्षतीपुर्ती दिन नसकिने क्षति हो । यस्तो क्षती देशै भरका आदिवासीमा परेको छ ।
बसाई सर्ने बढे
सोलु निबासी सोनाम याङ्जी शेर्पाको भनाईमा हिमालमा हिउँ पर्न छोडे पछि हिमाली भेग मरुभूमि जस्तो देखिन थालेको छ । पर्यटन व्यबसाय गर्नेहरु यसबाट प्रभावित भएका छन् । हिमाल र हिउँ हेर्न जानेहरुको संख्या घटेको छ । उनले थपिन् ‘यसै कारण सोलुका शेर्पाहरुमा बसाईसराईको लहर नै चलेको छ । यो बसाई सराई उनीहरुको लागि बाध्यता जस्तै हो ।
गंगटो लोप भयो
आदिवासीहरुको मूख्यजिविकाको आधार फरक–फरक रहेकोृ छ । परम्परागत कृषि हो । जलवायू परिबर्तनले परम्परागत बिउ बिजन तथा कृषिमा ह्रास आएको छ । लामो खडेरी र बाढीले गर्दा उनीहरुको जीविकाका साधानहरु पाउन छोडिएको छ । उच्च हिमाली तथा पहाडी इलाकामा उत्पादन हुने परम्परागत आलु तथा फापर बालीका बिउँ नष्ट भएका छन् । यी बालीहरु मूख्य हिमाली भेगको मूख्य खाद्यन्न बाली हुन् ।
तराइका आदिवासीहरुको खाद्य परिकारका रुपमा प्रचलित घुँघी, चेपा, तथा गंगटोहरु पाउन छोडिएको सर्लाहीका खड्गबहादुर थारुको भनाई छ ।
तराइका आदिवासीहरुको खाद्य परिकारका रुपमा प्रचलित घुँघी, चेपा, तथा गंगटोहरु पाउन छोडिएको सर्लाहीका खड्गबहादुर थारुको भनाई छ । थारुको अनुमानमा यो पनि जलबायू परिबर्तनको असर हो । यसबाट पनि थारु आदिवासीहरु प्रभावित बनेका छन् । तराई मधेशमा पछिल्लो केही बर्ष देखि जाडो मौसममा शितलहर र गर्मी यामको प्रचण्ड गर्मीले गर्दा यस्ता जलचर्हरु पाउन छोडेको उहाँको अनुमान छ । यसबाट राज्यको सेवा र सुविधाबाट बन्चितीकरणमा परेका आदिवासी बालबालिका, बृद्ध, बृद्धामा सोझो असर परेको छ । थारु आदिवासीहरु यस प्रकारका जलचर जीवहरुलाई औषधिका रुपमा लिने गर्दछन् । बिभिन्न प्रकारका रोग प्रतिरोध गर्ने क्षमता यस्ता परिकारको सेवनबाट बढने उनीहरुको दावी छ ।
सुके पानीका मुहान पनि...
जलवायू परिबर्तनले आदिवासी बसोबास गर्ने स्थानहरु मरुभूमिकरण भएका छन् । लामो समय देखि बर्षाद नहुँदा खाद्यन्न बालीमा सुख्खा लागेको छछ । पाँचथरको कुम्मायक गाउँपालिका क्षेत्रमा खडेरीग्रस्त क्षेत्रका रुपमा यसै बर्ष पहिचान भएको थियो ।
जलवायु परिवर्तनको मूख्य कारण पृथ्वीको सतह तातिनु हो । बिश्वमा बढदो कलकारखाना र यातायातका साधनको प्रयोग तथा तेल, ग्यास वा कोइला जस्ता अत्याधिक उत्खनन् गरेर निकालिएका इन्धनहरुले यसको उत्सर्जन हुने गर्दछ । वनजंगलको फडानी र क्षयीकरण ठूलो परिमाणमा काठ काट्नु, वनजंगलमा आगो लगाउनु तथा खेतीका लागि जमिन विस्तार गर्नेलगायतका कार्यहरुले पनि कार्बनडाइ उत्सर्जन हुन्छ ।
पाँचथर रानीगाउँका स्थानीय कमल लावतीको भनाईमा भएका पानीका मुहानहरु बिगत चारबर्षदेखि सुकेका छन् । यसले गर्दा स्थानीय आदिवासी लिम्बू परिवारका महिलाले कोशौ टाडा पानी लिन जान पर्ने र महिलाले दुख पाउनेृ गरेको उनको भनाई छ ।
आदिवासीहरुमा परेको यो आपदलाइ ध्यानमा राखेर नेपाल आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाले नीतिगत वकालत गरिरहेको महासंघका संघीय सचिब लाक्पा ढेक्पो शेर्पाले बताईन । उनले भनिन् जवलायू परिबर्तनले आदिवासीलाई सोझो असर पार्ने भएको हुँदा असर न्युनिकरणका कार्यक्रमहरु आदिवासी मैत्री हुनु पर्ने उनको तर्क छ ।
जलवायु परिवर्तनको मूख्य कारण पृथ्वीको सतह तातिनु हो । बिश्वमा बढदो कलकारखाना र यातायातका साधनको प्रयोग तथा तेल, ग्यास वा कोइला जस्ता अत्याधिक उत्खनन् गरेर निकालिएका इन्धनहरुले यसको उत्सर्जन हुने गर्दछ । वनजंगलको फडानी र क्षयीकरण ठूलो परिमाणमा काठ काट्नु, वनजंगलमा आगो लगाउनु तथा खेतीका लागि जमिन विस्तार गर्नेलगायतका कार्यहरुले पनि कार्बनडाइ उत्सर्जन हुन्छ । यी सबै क्रियकलापमा आदिवासीको सम्लग्नाता नहुँदा नहुँदै यसको मारमा उनीहरु पर्नू परेको छ ।