शेर्पा समुदायलाई लक्षित पत्रकारिता तालिम

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ चैत २०७४, बुधवार

काठमाडौं । शेर्पा युवाहरुलाई लक्षित गरी एक हप्ते आधारभूत पत्रकारिता तालिम आयोजना हुने भएको छ । शेर्पा पत्रकारहरुको छाता संगठन शेर्पा पत्रकार संघ नेपालले तालिम आयोजना गर्न लागेको हो । २०७५ वैशाख पहिलो हप्ताबाट हुने तालिममा राष्ट्रिय दैनिकहरुमा कार्यरत पत्रकारहरुले प्रशिक्षण दिने तालिम संयोजक सार्की शेर्पाले जानकारी दिए ।

राजधानीको बौद्धमा सञ्चालन हुने तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटिने जनाएको छ । तालिममा सहभागि हुन चहानेले पाँच सय रुपैयाँ शुल्क बुझाएर फारम भर्नुपर्ने प्रावधान राखिएको संघका पासाङ शेर्पा छेल्हमुले जानकारी दिइन् ।

शेर्पा पत्रकार संघले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा तालिम, सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । ‘मूलधारको मिडियामा उपस्थिती बढाउन तालिमले भूमिका खेल्ने’ विश्वास लिएको संघका सचिव कर्मा शेर्पाले बताए ।

प्रतिक्रिया