इन्डिजिनियस टेलिभिजनमा नेवालय कार्यक्रम 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ असार २०७४, सोमवार
इन्डिजिनियस टेलिभिजनमा नेवालय कार्यक्रम 

इन्डिजिनियस टेलिभिजनले नेपालभाषाको नेवालय कार्यक्रम प्रशारण सुरु गरेको छ । कार्यक्रमकोे उद्धघाटन चर्चित हाँस्यअभिनेता मदनकृष्ण श्रेष्ठले गर्नु भएको हो । 
कार्यक्रम नेवालयको उद्धघाटन गर्नुहुदै हाँस्यअभिनेता मदनकृष्ण श्रेष्ठले मिडियामा नेपाल भाषाको कार्यक्रम प्रशारणमा वृद्धि भएकोमा खुसि व्यक्त गर्नु भयो । सोहि कार्यक्रममा इन्डिजिनियस टेलिभिजनलका प्रवन्ध निर्देशक जगत दोङले बहुभाषिक, बहुधार्मीक, बहुसांस्कृतिक देशमा टेलिभिजनको आफ्नै प्रकारको महत्व रहेको बताउनु भयो ।

नेवालय कार्यक्रम प्रत्यक दिन इन्डिजिनियस टेलिभिजनमा साझ ६ः३० देखि ७ः०० बजे सम्म प्रशारण भइरहेको छ । 


कार्यक्रममा नेपालभाषा आन्दोलनका प्रवद्र्धक मल्ल के सुन्दर, सङ्गीतकार अमरराज शर्माको साथमा पत्रकार तथा टिभिमा नेपालभाषाको पहिलो कार्यक्रम निर्माताका रुपमा चिनिने विजयरत्न तुलाधर, कलाकार सुरेन्द्र तुलाधर, खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य लगाएको सहभागिता थियो ।

कार्यक्रम नेवालय बज्र क्रियशन र इन्डिजिनियस टेलिभिजनको संयुक्त उत्पादन हो ।  कार्यक्रममा नेवारी चलचित्र, संगित, मोडलीङ र व्यापार लगाएतका विषय बस्तु संग सम्बन्धित रहने समेट डङ्गोलले बताउनु भयो । नेवालय कार्यक्रम प्रत्यक दिन इन्डिजिनियस टेलिभिजनमा साझ ६ः३० देखि ७ः०० बजे सम्म प्रशारण भइरहेको छ । 

प्रतिक्रिया