त्रि.वि.द्धारा १०१ जाति तथा ४२ अतिसिमान्तकृतको समावेसीकरणबारे अध्यायन सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ माघ २०७१, शुक्रवार


माघ २३, काठमण्डौं ।
त्रिभुवन विश्व विद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागले नेपालमा रहेका विभिन्न जातजातिको सामाजिक समावेशीकरण सम्बन्धी अध्यायन सम्पन्न गरेको जनाएको छ । विभागले नेपालका १०१ जात÷जातिहरुको सामाजिक समावेशीकरण सूचाङ्कन र नक्साङ्कन तयार पार्नुका साथै नेपालका ४२ अतिसीमान्तकृत समुदायहरुको मानवशास्त्रीय अध्ययन पनि पूरा गरेको जनाएको हो ।

विभिन्न विज्ञहरुद्धारा गरिएको अध्यायनले तयार पारेको प्रतिवेदन यहि माघ २६ गते ललितपुरमा एक कार्यक्रम गरी सार्वजानिक तथा सारोकारवालहरुबिच छलफल गरिने विभाग प्रमुख डा.ओम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम होटल हिमालय, ललितपुरमा मध्यान्न १२ बजेपछि हुनेछ । नेपालमा विगत एक दशक भन्दा बढी समय देखि सामाजिक समावेशीकरणको मुद्धा राजनीतिक तथा सामाजिक आर्थिक विकासको एक प्रमुख मुद्दाको रुपमा रहँदै आएको तर त्यसको सहिढंगले अध्यायन गर्न सकेको थिएन । नर्वेली राजदुतावासको आर्थिक सहयोगमा सामाजिक समावेशीकरण अनुसन्धान कोष मार्फत त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागले अध्यायनको काम गरेको हो । 

विभाग प्रमुख तथा आदिवासी अगुवा डा.गुरुङले नेपालको समग्र आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक क्षेत्रहरुमा विभिन्न समुदायहरुको वास्तविक समावेशीकरणको स्थितिलाई समेट्न नसकिरहेको अवस्थामा विभागले गरेको यो काम महत्वपुर्ण भएको बताउनु भएको छ ।

प्रतिक्रिया