इण्डिजिनियस टेलिभिजनलाई संघद्धारा तीन लाख सहयोग 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस९ चैत २०७३, बुधवार
इण्डिजिनियस टेलिभिजनलाई संघद्धारा तीन लाख सहयोग 

काठमाडौं, ६ चैत्र २०७३ । नेपाल तामाङ संघ दक्षिण कोरियाद्वारा नेपालस्थीत इण्डिजिनियस टेलिभिजनलाई रुपैया तीन लाख सहयोग हस्तान्तरण गरेको छ । 

नेपाल तामाङ संघ दक्षिण कोरियाका महासचिव मेघप्रसाद तामाङ छुट्टीमा नेपाल आएको बखत सो रकम हस्तान्तरण गरेका हुन् । रकम इण्डिजिनियस मिडिया फाउण्डेशनका अध्यक्ष देवकुमार सुनुवारले बुझेका थिए । हस्तान्तरण कार्यक्रममा संघका पूर्व उपाध्यक्षद्वय सागर तामाङ, मित्र तामाङ, नेपाल पत्रकार महासंघ कोरियाका सचिव एश्वर्य श्रेष्ठको पनि उपस्थिति रहेको थियो । 

नेपाल तामाङ संघले सन् २०१६ मा नेपथ्य व्याण्डलाई कोरियामा प्रस्तुत गराएर आएको नाफाले टेलिभिजनमा गर्न सकिएको संघका महासचिव मेघप्रसाद तामाङले बताउनुभएको थियो । उहाँले विरामी, अङ्गभङ्ग भएकाहरुलाई सहयोग गरिरहेको तर विरामीको अवस्थाबारे संस्थासम्म ल्याइपु¥याउने मिडियालाई चाहि किन सहयोग नगर्ने भन्ने सोचले यसरी सहयोग गर्ने सोच पलाएको पनि बताउनु भयो । 

प्रतिक्रिया