‘यारी’को प्रथम प्रदर्शन आगामी शनिबार

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ असोज २०७३, बुधवार
‘यारी’को प्रथम प्रदर्शन आगामी शनिबार

‘यारी’ चलचित्रको प्रथम प्रर्दशन आगामी शनिबार हुने भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा आगामी ८ असोजमा ‘यारी’ प्रदर्शित हुने भएको छ ।

चलचित्रमा प्राचीन सभ्यतालाई आधुनिकताले गाजेको विषयवस्तु प्रस्तुत गरिएको छ । निर्देशक युवराज राईका अनुसार ‘यारी’ वैचारिक चलचित्र हो । चलचित्र भोजपुरको साल्पापोखरी, सिलीछो, दोभाने, मैयुङ, काठमाडौंलगायतका धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रमा छायांकन गरिएको छ ।

युवराज राईको कथा, निर्देशन र छायांकन रहेको चलचित्रमा श्याम राई, कल्याण राई, प्रवीण पुमा, दछु राई, ज्योति राई, निर्भिक राई, विष्मीता राई, सञ्जु राई, जाइका राई, प्रवीण राई, जनक राई, बीरकुमार राईलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रवीण पुमाको पटकथा, डिक वान्तावाको सम्वाद र किरणराज थापाको सम्पादन रहेको यारीमा जनक राईको नृत्य निर्देशन, डक्टर किरात र पदम राईको सङ्गीत, भुपाल राई र चन्द्र रानोहँछाको गीत रहेको छ ।

चलचित्र उर्मिला राई, दछु राई र प्रवीण राईले निर्माण गरेका हुन् ।

प्रतिक्रिया