बृहत शेर्पा राष्ट्रिय सम्मलेन २०७३ सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ असोज २०७३, शनिवार
बृहत शेर्पा राष्ट्रिय सम्मलेन २०७३ सम्पन्न

नेपाल शेर्पा संघ केन्दय समितिद्धारा आयोजित भाद« ३१ र असोज १ काठमाडौंमा सम्पन्न “बृहत शेर्पा राष्ट्रिय सम्मलेन २०७३” घोषणा पत्र नेपाल शेर्पा संघ केन्द«ीय समितिद्धारा आयोजित भाद ३१ र असोज १ काठमाडौं सम्पन्न “बृहत शेर्पा राष्ट्रिय सम्मलेन २०७३” मा प्रस्तुत कार्यपत्रहरु माथि बृहत छलफल र सुझावहरुको आधारमा तपसिलमा उल्लेखित बुदाहरु सर्वसहमत निर्णय भयो ।

तपसिल १. संघको विधानको संम्बन्धमा– नेपाल शेर्पा संघको केन्दय कार्यसमितिले विधान मस्यौदा समिति गठन गरी यस भेलाबाट प्राप्त सल्लाह सुझावहरुलाई समेटदै उक्त मस्यौदालाई कार्यसमितिमा छलफल गरी आउने साधारण सभाबाट अनुमोदन गराउने ।

 २. सामाजिक व्यवहारमा आर्थिक मितव्ययिताका सम्बन्धमा– प्राप्त सुझावहरुलाई आधार मान्दै चलिआएको धर्म, संस्कृति र परम्पराहरुको अभ्यासहरुलाई निरन्तरता दिदै अनावश्यक तडकभडक, विकृति र विसंगतिहरुलाई न्युनीकरण गर्न विज्ञ तथा लामा धर्म गुरुहरु सहितको सल्लाह सुझावहरु लिएर क्रमशः लागु गर्ने गराउने ।

३. संयुक्त क्यालेण्डर छपाई सम्बन्धमा– नेपाल शेर्पा संघ केन्द्रीय कार्य समिति, सबै भातृ संस्था, जिल्ला कार्यसमिति र किदुकहरुको एउटै साझा क्यालेन्डर बनाउन समन्वय गरि आगामी वर्षबाट लागु गर्ने गराउने ।

४. सञ्चारको सम्बन्धमा– नेपाल शेर्पा संघले शेर्पा समुदायमा रहेका आम संचार क्षेत्रमा क्रियाशिल संघ संस्था, संचार गृह र पत्रकारहरुसँग समन्वय र सहकार्य गरि शेर्पाहरुको साझा संचार नीति र कार्यक्रम बनाइ लागु गर्दै जाने ।

५. महिला शशक्तिकरणको सम्बन्धमा– प्राप्त सुझावहरुलाई आधार मान्दै हरेक तह र तप्कामा शेर्पा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै शेर्पा महिलाहरुलाई शिक्षा र रोजगारमा अग्रसर गराउन विशेष जोड दिने

६. पर्यटन सम्बन्धमा– पर्यटन व्यावसाय शेर्पा समुदायसगँ विशेष सम्बन्ध भएको पेशा भएको हुदा पर्यटन क्षेत्रमा शेर्पाहरुको संलग्नतालाई विशिष्ट रुपमा विकाश गराउन पहल गर्ने ।

७. आर्थिक शशक्तिकरणको सम्बन्धमा– शेर्पा समुदायभित्र छरिएर रहेको पुंजीलाई एकीकृत गरि सामुहिक रुपमा व्यापार ,व्यवसाय , उघोग तथा अन्य आर्थिक उपार्जनका उपायहरु अवलम्वन गर्न पहल गर्ने गराउने ।

८. शिक्षा तथा युवाहरुको सम्बन्धमा– आगामी दिनहरुमा शिक्षाको महत्व सम्बन्धमा आम शेर्पा समुदायलाई थप जागरुक गराउदै युवाहरुलाई राज्यको मूल प्रवाहमा प्रवाहीकरण गर्न पहल गर्ने ।

९. भवन निर्माण सम्बन्धमा– नेपाल शेर्पा संघको केन्द्रीय समितिको भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको हुदां सबै शेर्पा समुदायको अपनत्व बोध हुने गरी सबैको सहयोग लिदै निर्माण गर्ने ।

१०. राजनीतीक शशक्तिकरण सबन्धमा– नेपाल शेर्पा संघ केन्द्रीय कार्य समितिको विगतको महाधिवेशनले निर्देशित गरेको राजनीतिक मुद्दाहरुलाई स्थापित गर्दै शेर्पा समुदायलाई राजनैतिक शसक्तिकरण गर्न निरन्तर सुसुचित र संगठित गर्दे जाने । ११. ग्लोबल शेर्पा सम्मेलन सम्बन्धमा– नेपाल शेर्पा संघले ग्लोबल शेर्पा सम्मेलन गर्ने सम्बन्धमा प्राप्त सुझावको आधारमा आवश्यक पहल गर्ने ।

प्रतिक्रिया