ल्होछार ज्ञान महोत्सव२०७२अन्तरक्रियाकार्यक्रम

बबिता घिसिङ
बबिता घिसिङ२६ माघ २०७२, मङ्गलवार


बौद्ध, माघ २५ गते

बौद्धनाथ क्षेत्रबिकास समितिको मुख्य प्रायोजनमा सोमबार बौद्धमा तामाङहरुलाई राजनितिमा जनचेतना जगाउने उद्देश्य सहित राजनितिमा तामाङ, तामाङ लैङ्गिकता र तामाङ भाषा र शिक्षा लगाएत विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

राजनितिमा तामाङ हिजो आज र भोली विषयको अन्तरक्रियाका वक्ताका रुपमाडा. गवणेश योञ्जन, बुद्धछिरिङ मोक्तान  र सितारामतामाङ लगायत रहेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सिताराम तामाङले तामाङहरुको मुद्धा र  राज्यपुनःसंरचनाको विषय अझै पनि जहाँको त्यही रहेको धारण राख्नु भएको छ । उहाँले राजनितिमा तामाङ नआए सम्म तामाङहरुको उन्नति नहुने भएको हँुदा तामाङ राजनितिमा आउनु अपरिहार्य रहेको दाबी समेत गर्नु भयो । जवसम्म ताम्सालीङ आँउदैन तव सम्म तामाङहरुले आफ्नो अधिकार प्रयोग गर्न सकिने जानाकारी समेत दिनुभयो ।

अन्तरक्रियाका अर्का वक्ताडा. गणेश  योञ्जनले तामाङहरुले राज्यपूनः संरचनाको सन्दर्भमा कुनै पनि प्रकारको उपलब्धी हासिल गर्न नसकेको बताउनु भयो । त्यस्तैगरी डा. योञ्जनले तामाङहरुमा ताम्सालीङले धेरै भूमि ओगटेको छ भन्ने बुझाई नै गलत रहेको समेत राख्नु भयो । उहाँले आदिवासी जनजातिहरु २४० वर्ष देखी हेपिदै र पिल्सीदै आएको र जसले गर्दा तामाङको कुनै प्रकारको उपलब्धी हुन नसकेकोमा जोड दिनु भयो ।  उहाँले छलफल र बहसबाट नै तामाङलाई एकताबद्ध गर्न सकिनेमा पनि जोड दिनु भयो ।

कार्यक्रममा बुद्धछिरिङ मोक्तानले अहिलेको नयाँ संबिधानमा समेटेको संघियतालाई पनि अहिलेका राजनैतिक नेताहरुले उल्टाउन कुनै कसर नछोड्ने र यसले तामाङ जातिलाई फाईदा नहुने ठोकुवा गराउनु भयो । उहाँले ताम्सालीङ राज्यनिर्माणको सन्दर्भमा सांस्कतिक पक्षलाई अंगाल्नु पर्नेमा विशेष जोड दिनु भयो ।

महोत्सवमा तामाङमा लैङ्गिकता विषयमा अन्तरक्रिया पनि भएको छ । वक्ताको रुपमा स्रमिकलामा र  आशातामाङ रहेका छन् । आशातामाङले नेपाल सरकार कमलरी प्रथालाई अन्त्यगर्न धेरै प्रयास गरीरहे पनि खाडी मुलूकमाभने महिलाहरुले पठाइनै रहेको छ भन्ने विषयमा विपति जनाउनुभएको छ भने अर्का वक्ता स्रमिकलामाले छोरीलाई पनिवंश हस्तान्तरण गर्ने अधिकार दिइनु पर्छ भन्नेमाजोड दिनु भयो । 

अन्तरक्रिया कार्यक्रममा तामाङ भाषा र शिक्षा सम्बन्धी अन्तरक्रिया पनिभएको छ । वक्ताको रुपमा भने भाषाबिद् अमृत योञ्जनतामाङ र सहजकर्ता इन्द्र तामाङ रहेको छ । योञ्जनले तामाङ भाषाले महिला र पुरुष भनेर बिभेद नगरेको बताउनु भयो । भाषा लोपभयो भने ज्ञान पनिलोप हुन्छ भन्ने पक्षलाई पनिजोड दिनुभयो । 

३ दिने ल्होछार ज्ञान महोत्सव २०७२को दोस्रो दिन अन्तरक्रिया कार्यक्रमका साथै निःशुल्क स्वास्थ्य परिक्षण समेत भइरहेको छ । त्यस्तै गरी तामाङ पुस्तक, तामाङ भेषभूषा लगायतका स्टलहरु रहेको छ ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु बबिता घिसिङ