लोछारको उपलक्ष्यमा तिनदिने तामाङ ज्ञान महोत्सव प्रारम्भ

बबिता घिसिङ
बबिता घिसिङ२६ माघ २०७२, मङ्गलवार


बौद्ध, माघ २४


तामाङ जातिको नयाँ वर्ष ल्होछारको अवसरमा ३ दिने ल्होछार ज्ञान महोत्सवको उद्घाटन गर्नु हुँदै शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले पुराना शासकहरुको पुराना सोचले गर्दा विभिन्न जातजातिका संस्कार संस्कृति, ज्ञान र  सिप लोप हुन लागेको बताउनु भयो ।

सोही क्रममा मन्त्री पोखरेलले ज्ञान महोत्सवले आफ्नो भाषा, साहित्य, संस्कार, संस्कृति, ज्ञान र सिपका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुदै महोत्सवको सफलताको कामना गर्नु भयो । उहाँले तामाङ सांस्कृतिक प्रदर्शनी कक्षको पनि अवलोकन गर्नु भयो । सो अवसरमा अमृत योन्जन–तामाङद्वारा लिखित ताम्बा दर्शन, ग्यासार योन्जनको स्कुल सेगे र हिरामान बलको नाम्सादिम पुस्तक पनि विमोचन गर्नु भयो ।

बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा बौद्धमा सुरु भएको ३ दिने ल्होछार ज्ञान महोत्सवको आज शिक्षा मन्त्री उद्घाटन गर्नु भएको हो । उद्घाटनकै क्रममा जापानका लागि नेपाली राजदुत डा. गणेश योञ्जनले ल्होछारलाई तामाङहरुको संस्कार, संस्कृति र ज्ञानलाई संरक्षण र सम्बर्धन गर्ने माध्यमका रुपमा लिनु पर्ने धारणा राख्नुु भयो । साथै डा. योञ्जनले तामाङहरुको ज्ञानलाई तामाङ समुदायमा मात्र नभइ आमनेपाली जनतामा पु¥याउनु पर्ने धारणा समेत राख्नु भयो । सो अवसरमा तामाङ कल्याण गुठीका खडकाजित लामा, बौद्धनाथ क्षेत्र विकास समितिका सम्पूर्ण कुमार लामाले आआप्mना विचार राख्नु भएको थियो । अमृत योन्जन–तामाङले स्वागत भाषाण गर्नु भएको थियो ।

ल्होछारको अवसरमा ३ दिने ज्ञान महोत्सवको पहिलो दिनको पहिलो सत्रमा ल्होछार वहसमा तामाङ र दोस्रो सत्रमा तामाङ राज्य र राजाहरु विषयमा अन्तत्र्रिmया कार्यक्रम सञ्चालन भएको छ । दोस्रो दिन पहिलो सत्रमा तामाङ भाषा र शिक्षा, दोस्रो सत्रमा राजनीतिमा तामाङ र तेस्रो सत्रमा तामाङमा लैङ्गिकता विषयमा अन्तत्र्रिmया कार्यक्रम रहनेछ ।

कार्यक्रमको अन्तिम दिन मावि तहका बालबालिकाबाट तयार गरिएका चित्रकला र निबन्ध प्रतियोगिता, फेसबुक फोटो प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिने छ । कार्यक्रममा तामाङ पत्रपत्रिका, पुस्तकपुस्तिका र गीति एल्बम र तामाङ सांस्कृतिक सामग्रीहरुको पनि प्रदर्शनी राखिएको छ ।
 

प्रतिक्रिया

अन्य सामाग्रीहरु बबिता घिसिङ