पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ माघ २०७२, सोमवार

टीबी पुनमगरको संयोजकत्वमा १३० सदस्यीय व्यवस्थापन समिति गठन

रूद्र श्रीसमगर
पोखरा, १८ माघ

नेपाल मगर बौद्ध सेवा समाजको आयोजनामा पोखरामा आगामी चैत्र १३, १४ र १५ गते तीन दिने अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ ।
सो सम्मेलन सम्पन्न गर्नका लागि समाजका केन्द्रीय उपाध्यक्ष टीबी पुनमगर (रोशन)को संयोजकत्वमा १३० सदस्यीय व्यवस्थापन समिति गठन गरिएको समाजका अध्यक्ष देउबहादुर रानामगरले जानकारी दिनुभयो ।


सम्मेलन सफल पार्नका लागि विभिन्न १९ वटा उपसमिति समेत गठन गरिएको र स्मारिका समेत प्रकाशन गरिन लागेको संयोजक पुनमगरले जानकारी दिनुभयो । खाद्य व्यवस्थापन उपसमिति संयोजकमा सु. चन्द्रबहादुर मसराङ्गीमगर, आवासमा सु. चन्द्रबहादुर मसराङ्गीमगर, आर्थिकमा मधुमालती बुढाथोकीमगर र थलबहादुर थापामगर, स्वागतमा नानीमाया पुनमगर, मञ्च तयारीमा शिवबहादुर थापामगर, स्वयंसेवक, यातायात तथा सुरक्षामा दुर्गाबहादुर थापामगर, प्रचारप्रसारमा डबबहादुर गर्बुजामगर, स्वास्थ्यमा बुद्धिमाया थापामगर, सम्मानमा इन्द्रबहादुर रानामगर, सांस्कृतिकमा भीमबहादुर गुर्मछानेमगर, सचिवालयमा इन्द्रबहादुर रानामगर, रजिष्ट्रेशनमा मधुमालती बुढाथोकीमगरलगायत उपसमिति संयोजक रहनुभएको संयोजक पुनमगरले जानकारी दिनुभयो । त्यस्तै, स्मारिका प्रकाशन संयोजकमा केबी थापामगर, सम्पादकमा टीबी पुनमगर र सल्लाहकारमा तिलकमान गुभाजू रहनुभएको छ ।

प्रतिक्रिया