राईको पृथ्वी पारीको म्युजिक भिडियो सार्वजानिक

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ माघ २०७२, मङ्गलवार

काठमाडौं, ५ माघ

गीतकार शङ्कर के राईले आप्mनो पहिलो गीत ‘पृथ्वी पारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । मंगलबार पर्यटन बोर्डमा एक औपचारिक कार्यक्रम गरी सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

अग्रज गायिका संगीता प्रधान र अर्की गायिका पार्वती राईले संयुक्त रुपमा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रमका आयोजक समेत रहेका गीतकार राईले पृथ्वी पारीलाई एउटा ब्राण्डकै रुपमा विस्तार गर्ने लक्ष्यसहित आपूmहरु अघि बढेको जानकारी दिए ।

‘हामीले पृथ्वी पारीलाई एउटा गीतको रुपमा मात्रै नभई एउटा ब्राण्डकै रुपमा विकास गर्न खोजिरहेका छौं,’ म्युुजिक भिडियो सार्वजनिक भएपछि उनले भने, ‘समग्रमा भन्नुपर्दा अहिलेसम्मको गीत संगीतको जुन ट्रेण्ड छ हामी त्योभन्दा फरक तरिकाले दर्शक श्रोतामाझ आउने प्रयास गर्दैछौं ।’ पृथ्वी पारीमा युवा संगीतकार डीबी खड्काले संगीत गरेका छन् भने मनिला सोताङले स्वरवद्ध गरेकी छन् । म्युजिक भिडियोको निर्देशन भने रेडियो कार्यक्रम प्रस्तोता समेत रहेका सुरज श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया