तामाङ समुदायले सोनाम ल्होछार हर्सोउल्लासका साथ मनाउँदै

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ माघ २०७१, बुधवार
तामाङ समुदायले सोनाम ल्होछार हर्सोउल्लासका साथ मनाउँदै

तामाङ समुदायले मनाउने सोनाम ल्होछार आज विविध कार्यक्रम गरी मनाउँदैछन् । २८५१ औं सोनाम ल्होछार ल्हुक (भेँडा) वर्षको आजबाट शुरुवत भएको हो । ल्हुक ल्होछारको अवसरमा आज गाउँगाउँका साथै काठमण्डौंमा हर्सोउल्लासका साथ विविध कार्यक्रम गरी मनाउँदैछन् । ल्हुक ल्होछार मुल संयोजन समितीले काठमण्डौंको टुँडिखेलमा आयोजना गरेको तिनदिने कार्यक्रम अन्तरगत आज मुख्य कार्यक्रम हुदैछ । मध्यान्न टुँडिखेलमा विषेश समारोह हुने त्यसअघि विविध सांस्कृतिक झाँकी सहितको र्याली निकालिने नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले जानकारी दिनुभयो ।

२८५१ औं ल्हुक ल्होछार तामाङ एकताको पर्वको रुपमा मनाउ, पुर्ण अधिकारसहितको अखण्डित ताम्सालिङको स्थापाना गरौं भन्ने नाराकासाथ नेपाल तामाङ घेदुङको संयोजकत्वमा १ सय २२ वटा भन्दा बढि तामाङ संघसंस्थाहरुले एकठाउँमा ल्होछार मनाउन लागेका हुन् । ल्होछारका अबसरमा शुभकामना आदान प्रदान, मान्यजनबाट टिका तथा आर्शिवाद लिने, घरघरमा दाज्र्यु गाड्ने, फापरको पिठोबाट बनेको परिकार फुलौरा, आलुम र तरुल, खाप्ने आदि बनाएर खाने गरिन्छ । हरेक एक वर्षमा फेरिने ल्हो परम्परा अनुसार १२ वर्षमा १२ वटा जनावारको नामबाट एक चक्र पुरा हुने गर्दछ । चिन, भियतनाम, ताइवन, भुटान लगायत मंगोल मुलकाहरु बसोबास गर्ने देशहरु आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन् ।

यसैबिच ल्होछारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रि र राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् । राष्ट्रपति रामवरण यादवले यो पर्वले सबैमा शुख शान्ति छाओस भन्ने कामना गर्नु भएको छ । प्रधानमन्त्रि शुसिल कोइरालाले संविधानसभाबाट नयाँ संविधान निर्माण गरी आन्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र,समावेशिता सहितको लोकतन्त्र संस्थागत गर्र्ने कार्यमा साथ दिन अनुरोध गर्नु भएको छ । यस्तै एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचन सहितको संघिय संविधान बनाउनका लागि साथ दिन आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया