तामाङहरुको सोनाम ल्होछारका विभिन्न कार्यक्रम आजबाट शुरु

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ माघ २०७१, सोमवार
तामाङहरुको सोनाम ल्होछारका विभिन्न कार्यक्रम आजबाट शुरु

तामाङ समुदायले मनाउने ल्हुक सोनाम ल्होछारको अवसरमा आजदेखि विभिन्न कार्यक्रम शुरु हुने भएको छ । आज ल्हुक ल्होछार २०५१ मुल संयोजन समितीले ल्होछारका कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन हुने तामाङ सन्चार सुमहका अध्यक्ष एवं ल्होछार प्रचारप्रसार उपसमितीका संयोजक जगत दोङले जानकारी दिनुभयो । त्यस्तै आजै ल्होछारको अवसरमा तामाङ राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । ल्होछार मुल संयोजना समितीको आयोजना तथा तामाङ साहित्यक संस्थाहरुको संयोजनमा प्रतियोगिता हुन लागेको हो । बिहान साँढे ११ बजेदेखि नेपाल प्रज्ञाप्रतिष्ठन कमलादीमा प्रतियोगिताको कार्यक्र शुरु हुने तामाङ डाजाङका अध्यक्ष बुद्ध योन्जनले जानकारी दिनुभयो ।

तामाङ समुदायको साँस्कृतिक पर्व एवं नयाँवर्ष २८५१ औं ल्हुक (भेडा) ल्होछारको अवसरमा तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङको संयोजकत्वमा १ सय २२ भन्दा बढी तामाङ संघसंस्थाको सहभागितामा यहि माघ ६, ७ र ८ गते काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा बृहत ल्होछार साँस्कृतिक महोत्सवको आयोजना हुने नेपाल तामाङ घेदुङले जनाएको छ । तामाङहरुले माघ ६ गते ल्होछारको पुर्वसन्ध्यामा घरघरमा दिपावली गरेर घोडा वर्गलाई बिधाई गरी भेँडा अर्थात ल्हुक ल्हो वा वर्गलाई स्वागत गर्नेछन् ।  मुल संयोजन समितीका अनुसार बेलुका बौद्ध स्तुपा बौद्धमा दिपावलीसहितको ल्होछार इभ आयोजना गरिएको छ ।

माघ ७ गते ल्होछारको दिन घरघरमा शुभकामना आदान—प्रदान, इष्टमित्र भेटघाट र खानपान गरेपछि काठमण्डौंमा बासोबास गर्ने तामाङहरु टुँडिखेलमा हुने कार्यक्रममा सहभागि हुनेछन् । विविध सांस्कृति झाँकिसहितको र्याली र टुँडिखेलमा ल्होछार विषेश समारोह हुने आयोजकले जनाएको छ । त्यस्तै माघ ८ गते टुँडिेलमै सांगेतिक कार्यक्रमका साथै खाना, पोशाक र मौलिक झाँकिहरुको महोत्सव हुनेछ ।

प्रतिक्रिया