चीनबाट आदिवासी अगुवाहरु फर्के

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ पुष २०७२, बुधवार
चीनबाट आदिवासी अगुवाहरु फर्के

काठमाडौ

आदिवासी जनजाति अगुवाहरु चीनको साताव्यापी सद्भावना भ्रमण सम्पन्न गरी पुस ६ गते स्वदेश फर्केका छन् ।

भ्रमण दलमा संलग्न बरिष्ठ सञ्चारकर्मी कुमार यात्रु तामाङका अनुसार नेपाली टोलीले चीनमा अल्पसंख्यक समुदायलाई त्यहाँको सरकारले गरेको व्यबस्थापन, उनीहरुको रहनसहन, संस्कृति र भाषा संरक्षणका सम्बन्धमा स्थलगत अवलोकन गरेको थियो ।

भ्रमणदलका सदस्यहरुले सिचुवान प्रान्त अन्तर्गत काउन्टी तथा स्थानीय निकायमा त्यहाँका अल्पसंख्यक समुदायलाइ प्रदान गरेको संरक्षित क्षेत्रको अवलोकन र अन्तरक्रिया गरेका थिए । भ्रमणदलका सदस्यहरुलाई त्यहाँका पदाधिकारीहरुले जानकारी दिएअनुसार ५६ अल्पसंख्यक समुदायले एक चीन नीति अन्तर्गत बिशेष स्वायत्ताको अभ्यास गरिरहेका छन् ।

चीनको कुल जनसंख्यामा अल्पसंख्यकको जनसंख्या केवल ७ प्रतिशत मात्र रहेको छ । तथापि त्यहाँको राष्टिय कंग्रेसमा १३.५ प्रतिशत अल्पसंख्यकको प्रतिनिधित्व रहेको छ । चिनिया कम्युनिष्ट पार्टीको २२ उपाध्यक्ष मध्ये ५ जना अल्पसंख्यक समुदायका छन् । तत्कालीन राष्टपति देङ सियोपेङको सरकारले उदार नीति अख्तियार गरेपछि अल्पसंख्यकहरुको संबैधानिक अधिकार प्रत्याभूत गरिएको हो । चीनमा प्रिफेक्चर, काउन्टी तथा नगर र गाऊ तहमा पनि उनीहिरुलाई बिशेष व्यबस्था सुनिश्चित गराईएको छ ।

भ्रमणदलका सदस्यहरुले सिचुवान प्रान्त अन्तर्गत काउन्टी तथा स्थानीय निकायमा त्यहाँका अल्पसंख्यक समुदायलाइ प्रदान गरेको संरक्षित क्षेत्रको अवलोकन र अन्तरक्रिया गरेका थिए । भ्रमणदलका सदस्यहरुलाई त्यहाँका पदाधिकारीहरुले जानकारी दिएअनुसार ५६ अल्पसंख्यक समुदायले एक चीन नीति अन्तर्गत बिशेष स्वायत्ताको अभ्यास गरिरहेका छन् 

भ्रमण दलमा संलग्न थरुहट पार्टीका सभासद गोपाल दहितले चीनले गरेको व्यवस्था नेपालको सन्दर्भमा सिक्न योग्य रहेको जानकारी दिनु भयो । त्यसैगरी अर्का सदस्य पूर्ब सभासद तथा नेपाली काग्रेसका नेता तुलसी सुब्बाले पनि चीनको बिकास र जनसंख्याको व्यबस्थापन अनुकरणयोग्य भएको प्रतिक्रिया दिनु भयो ।
सदुभावना भ्रमण दलका अन्य सदस्यमा पूर्ब सांसद आङ ङवाङ शेर्पा, आदिवासी जनजाति महासंघका पूर्ब महासचिब आङकाजी शेर्पा, राप्रपा नेपाल समानन्तरका प्रबक्ता सगुन सुन्दर लावती, पूर्ब मन्त्री छक्क बहादुर लामा, शेर्पा संघका पूर्ब अध्यक्ष पेमा छिरी शेपा, धनकुटाका पूर्ब मेयर वाङ्दी लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामा, हुम्लाका छिरिङ डण्डू लामा, मुस्ताङका सूवर्ण कुमार विष्ट, रसुवाका सूव्वा लामा तामाङ, रामेछापका चुडासिंह लामा घिसिङ, अन्नपूर्ण पोष्टका पत्रकार अशोक प्यासी राई, कान्तिपुर दैनिकका गणेश राई हुनु हुन्थ्यो । यसैगरी डा सोनाम बिष्ट, लोजक लामा, हिमाल थापा, विश्वनाथ श्रेष्ठ, आइफाका संजोग लाफा, सोनाम शेर्पा, पासाङ भोटे र पर्यटन व्यबसायी क्याप्टेन त्रिपल गुरुङलगायत टोलीमा समाबेश हुनहुन्थ्यो ।

प्रतिक्रिया