आदिवासी जनजाति अगुवाहरु चीन प्रस्थान

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ मंसिर २०७२, मङ्गलवार
आदिवासी जनजाति अगुवाहरु चीन प्रस्थान

काठमाडौ

चीन सरकारको निमन्त्रणमा आदिवासी जनजाति अधिकारकर्मीहरुको एक टोली मंसीर २८ गते चीन प्रस्थान गरेको छ । पूर्व सांसद आङ ङवाङ शेर्पाको नेतृत्वमा गएको सो टोली २४ सदस्यीय रहेको छ ।

भ्रमण टोलीमा विभिन्न राजनीतिक दलमा आवद्ध रहेका आदिवासी जनजाति नेताहरु, बिभिन्न जातीय संस्थाका प्रतिनिधि, पत्रकार तथा अधिकारवादी संस्थाका अधिकारकर्मीहरु रहेका छन् ।
सो टोलीले चिनको सिचुयन प्रान्तमा रहेका अल्पसंख्यक समूदायसंग अन्तरक्रिया तथा त्यहाँको सरकारले चिनीया अल्पसंख्यक समूदायका लागि गरेको व्यबस्थाको अवलोकन गर्ने छ ।  चीनमा ५६ अल्पसंख्यक समूदाय सूचिकृत गरिएको छ भने सिचुयानमा ५४ अल्पसंख्यक समूदायको बसोबास छ ।

भ्रमण टोलीका सदस्य कुमार यात्रुले इन्डिजिनिय भ्वाईससंग कुराकानी गर्दै चीनले त्यहाँका अल्पसंख्यक समूदायका लागि गरेको बिशेष व्यबस्थाबारे आफूहरु जान्न उत्सुक रहेको बताउनु भयो । भ्रमण टोली  पुष ६ गते स्वदेश फर्कने छ ।

भ्रमण टोलीमा थरुहट तराई पार्टीका सभासद गोपाल दहित, नेपाली काग्रेसका पूर्ब सभासद तुलसी सूव्वा, आदिवासी जनजाति महासंघका पूर्ब महासचिब आङकाजी शेर्पा, राप्रपा नेपाल समानन्तरका प्रबक्ता सगुन सुन्दर लावती, धनकुटाका पूर्ब मेयर वाङ्दी लामा आदि रहेका छन् ।

यसै गरी बरिष्ठ पत्रकार कुमार यात्रु, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामा, हुम्लाका छिरिङ डण्डू लामा, भोजपुरका पेमा छिरी शेर्पा, मुस्ताङका सूवर्ण कुमार विष्ट, रसुवाका सूव्वा लामा तामाङ, रामेछापका चुडासिंह लामा घिसिङ, हुम्लाका छक्क बहादुर लामा, अन्नपूर्ण पोष्टका पत्रकार अशोक प्यासी राई, कान्तिपुर दैनिकका गणेश राई भ्रमण टोलीमा हुनु हुन्छ ।

यसैगरी डा सोनाम बिष्ट, लोजक लामा, हिमाल थापा, विश्वनाथ श्रेष्ठ, आइफाका संजोग लाफा, सोनाम शेर्पा, पासाङ भोटे र त्रिपल गुरुङसमेत टोलीमा समाबेश भएका छन् ।
भ्रमण टोलीका सदस्य कुमार यात्रुले इन्डिजिनिय भ्वाईससंग कुराकानी गर्दै चीनले त्यहाँका अल्पसंख्यक समूदायका लागि गरेको बिशेष व्यबस्थाबारे आफूहरु जान्न उत्सुक रहेको बताउनु भयो । भ्रमण टोली  पुष ६ गते स्वदेश फर्कने छ ।

प्रतिक्रिया