जनजातिका मौलिक हस्तकला निकासी गर्ने प्रमुख उद्देश्य हो

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ मंसिर २०७२, मङ्गलवार
जनजातिका मौलिक हस्तकला निकासी गर्ने प्रमुख उद्देश्य हो

हेमरत्न शाक्य

अध्यक्ष, नेपाल हस्तकला महासंघ

हस्तकला महासंघको २०२९ सालमा स्थापना भयो । यसले खास के के काम गर्छ ?

गतिविधि त थुप्रै किसिमका हुन्छन् । हस्तकलाका सामग्रीको स्वदेश, विदेशमा व्यापार मेला, हस्तकलाका हरेक विधामा प्रशिक्षण दिन्छौँ । उद्यमीहरुलाई चाहिने महत्वपूर्ण सेमिनार र गोष्ठीको पनि आयोजना गर्छौँ ।

नेपालका विभिन्न किसिमका जातजातिहरुका आआफ्नै मौलिक हस्तकला छन् । त्यसको व्यापारीकरणको लागि कुनै ठोस कदम चाल्नु भएको छ ?

हाम्रो मुख्य काम नै व्यापारलाई सघाउनु हो । जसमा आन्तरिक र बाह्य व्यापार पनि पर्दछ । आन्तरिक बजारको पनि आफनै महत्व हुन्छ, खपत पनि आन्तरिक बजारमा नै भइरहेको छ । यहाँका जातजातिहरुका मौलिक हस्तकला विदेशमा निकासी गर्ने पनि हाम्रो एउटा प्रमुख उद्देश्य हो, जसमा लागिरहेका छौं । राडी पाखीको कुरा गर्दा हामीले धेरै वर्ष अगाडि गरेका थियौँ । तर विदेशीको लागि त्यति गुणस्तर भएन । किनभने त्यसमा चाहीँ रंगहरु टाँसिने भएकाले चित्तबुझदो भएन । तर राडीको विकल्पको लागि अन्तराष्ट्रिय बजारमा ऊनको सामानहरुको माग छ । फेल्ट चाहिँ ऊन बाट बन्ने नयाँ किसिमको राडी पाखी भन्दा राम्रो हो । फेल्टबाहेक ऊनबाट बन्ने अन्य सामानको माग धेरै छ ।

हाम्रो मुख्य काम नै व्यापारलाई सघाउनु हो । जसमा आन्तरिक र बाह्य व्यापार पनि पर्दछ । आन्तरिक बजारको पनि आफनै महत्व हुन्छ, खपत पनि आन्तरिक बजारमा नै भइरहेको छ । यहाँका जातजातिहरुका मौलिक हस्तकला विदेशमा निकासी गर्ने पनि हाम्रो एउटा प्रमुख उद्देश्य हो

कुन कुन चिज अहिले निकासी भइरहेको छ ?

हस्तकलासम्बन्धी थुप्रै किसिमका सामानहरु छन् । हामीले ४२ किसिमका सामानहरु वर्गिकरण गरेका छौँ । निर्यातको लागि नै हामी प्रयासरत छौँ । वास्तवमा कुनै सामान बिकाउनका लागि नयाँ डिजाइन र फिनिसिङ हुन जरुरी छ । क्वालिटी पनि छिटो बिग्रिने किसिमको हुनु भएन । महँगै सामान भएता पनि गुणस्तरीय सामान बिक्री हुन्छ ।

सर्वसाधारणले हस्तकला महासंघबाट के कस्तो लाभ लिन सक्छन् ?

सर्वसाधारणले फाइदा उठाउन सक्ने भनेको सानो हिसाबले उद्यम गर्नको लागि टे«निङ नै हो । उद्यमीहरुले सिक्ने भनेको चाहीँ नेपाल सरकारका नीति नियमहरुको के व्यवस्था छ भनेर बुझ्न सक्छन् । निर्यातसम्बन्धी समस्याहरु र निर्यात गर्नको लागि के गर्नुपर्छ भन्ने हामी नेपाल सरकारसँग लबी गरेर नीतिमा पार्ने हामी कोसिस गर्छौँ । हस्तकला महासंघमा जो कोही स्वतन्त्रपूर्वक आउन सक्नुहुन्छ । एउटा अर्को शाखाको रुपमा हस्तकला डिजाइन तथा विकास केन्द्र पनि खोलेका छाँै । यसमार्फत् पनि विभिन्न टे«निङहरु दिइरहेका छाँै ।

हस्तकला महासंघको शाखा कति जिल्लामा विस्तार भएको छ ? शाखाहरुले के कस्ता गतिविधिहरु गरिरहेका छन् ?

प्रतिलिपि अधिकारको सन्दर्भमा हामी बारम्बार अन्र्तक्रिया कार्यक्रमहरु गरिराखेका छौँ । हस्तकला एउटा यस्तो विषय हो, जुन प्रतिलिपि अधिकारबाट अलिकति पछाडि परेको जस्तो मलाई पनि लाग्छ । किनभने धेरै जसो सामानहरु एउटै कम्पनीले बनाउँदैन । हरेक कलाकारले एउटै किसिमका सामानहरु पनि बनाउन सक्छन् ।

अहिले हामी १५ जिल्लामा पुगेका छाँै । क्षेत्रगत हिसाबले अहिले ४ विकास क्षेत्र पुगिसकेका छाँै । सुदुरपश्चिममा पनि पुग्ने लक्ष्य छ, सायद यो महिनाभित्र पुग्छाँै होला । नयाँ हिसाबले जति प्रदेश बन्ला, त्यो हिसाबले पनि सोच्दै जानेछाँै । शाखाहरुलाई हामी केही आर्थिक सहयोग पनि गर्छौँ र विभिन्न किसिमका टे«निङहरु पनि दिन्छौँ । परामर्शदाता प्रशिक्षकहरु उपलब्ध गराइदिन्छाँै । जस्तो कि दाङमा शाखा साथीहरुले विभिन्न प्रकारका ४÷५ वटा ट्रेनिङहरु दिइसकेका छन् जस्तो लाग्छ । त्यसमा हामीले पनि सहयोग गरेका छौँ । स्थानीय कच्चा पदार्थको उत्पादनबाट पनि केही गर्न सक्छौँ भनेर प्रबद्र्धनमा लागि परेका छौँ । 

हस्तकलाका विभिन्न थरीका सामानहरु उत्पादन हुँदा प्रतिलिपि अधिकारको सन्दर्भमा हस्तकला महासंघ कत्तिको सजग छ ?

प्रतिलिपि अधिकारको सन्दर्भमा हामी बारम्बार अन्र्तक्रिया कार्यक्रमहरु गरिराखेका छौँ । हस्तकला एउटा यस्तो विषय हो, जुन प्रतिलिपि अधिकारबाट अलिकति पछाडि परेको जस्तो मलाई पनि लाग्छ । किनभने धेरै जसो सामानहरु एउटै कम्पनीले बनाउँदैन । हरेक कलाकारले एउटै किसिमका सामानहरु पनि बनाउन सक्छन् । आफनो डिजाइनको चाहिँ रजिस्ट्रशेन दर्ता गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ जस्तो लाग्छ । प्रतिलिपिको हकमा ह्यान्डीक्राफटमा मैले सुनेअनुसार डाइरेक्ट प्रतिलिपि अधिकार पाउने सम्भावना कम छ । तर आफ्नो डिजाइनको उद्योग विभागमा दर्ता गरेर फाइदा लिन सक्छाँै ।

प्रतिक्रिया