बौद्धनाथ क्षेत्र विकास समितिले पहिलो पटक भव्यरुपमा बुद्ध जयन्ती मनाउने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ वैशाख २०८२, बुधवार
बौद्धनाथ क्षेत्र विकास समितिले पहिलो पटक भव्यरुपमा बुद्ध जयन्ती मनाउने

बौद्धनाथ क्षेत्र विकास समितिलेले पहिलो पटक भव्यरुपमा बुद्ध जयन्ती मनाउने भएको छ । समितिले बुधबार एक पत्रकार सम्मेलनकाबिच बृहत तयारीका साथ फरक ढंगले २५६९ औँ बुद्ध जयन्ती मनाउने जानकारी दिइएको हो ।

प्रत्येक वर्षको बैशाख शुक्ल पुर्णिमामा मनाईने बुद्ध जयन्ती यस वर्ष यहि बैशाख २९ गते देशैभर विविध कार्यक्रम गरि मनाउने तयारी भईरहेको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा हुने बुद्ध जयन्ती कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख अतिथिमा हुने र बुद्ध जयन्तीको तयारी अन्तिम चरणमा पुगीसकेको समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले बताउनुभयो । उहाँले समितिको संयोजनमा विभिन्न ७७ वटा संघसंस्थाहरुको सहभागितामा मनाउन गईरहेको जोड्नुभयो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले समितिले बुद्ध जयन्तीको अवसर पारेर औपचारिक रुपमा बृहत कार्यक्रम पहिलो चोटी गर्न गईरहेको बताउनुभयो । उहाँले बुद्ध जयन्तीका दिन रेन्पोछेबाट वाङ अविशेक समेत प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सो दिन निधिपति नाम्खा रिन्पोछे र क्याब्जे ज्याटुल रिन्पोछेबाट वाङ अविशेक प्रदान गर्ने प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बैशाख  २९ गते विहान ८ः४५ बजे महाकाल चौरबाट लामागुरुहरु,  विभिन्न सांस्कृतिक झाँकी शान्ति र्याली सुरु गरि तिनचुली, बौद्ध हुँदै चुच्चेपाटीस्थित हायत चौरमा पुगेर औपचारिक कार्यक्रम सुरुगर्ने कार्यक्रमको तालिका रहेको छ ।

 

प्रतिक्रिया