दाङका थारु सभासदद्वारा लेखीको कार्यक्रम बहिष्कार

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१ मंसिर २०७२, मङ्गलवार
दाङका थारु सभासदद्वारा लेखीको कार्यक्रम बहिष्कार


नेपाल आदिबासी जनजाति महासंघका पूर्ब अध्यक्ष तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक राजकुमार लेखी उपस्थित थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्रीय समिति देउखुरीको कार्यक्रम दाङका थारु सभासदहरुले बहिष्कार गरेका छन् ।

मंसिर १ र २ गते गढवा माविमा आयोजित (थाकस) क्षेत्रीय समिति देउखुरीको १५औं अधिवेशनमा लेखी प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रम संचालक छविलाल कोपिलाले दाङका सबै थारु सभासदहरुलाई कार्यक्रममा निम्त्याइ पनि कोही उपस्थित नहुनु दुःखपूर्ण भएको जानकारी गराएका थिए । तर इण्डिजिनियस भ्वाइससंग कुराकानी गर्दै फोरम लोकतान्त्रिकका प्रमुख सचेतक तथा सभासद योगेन्द्र चौधरीले लेखी उपस्थित कार्यक्रममा दाङका थारु सभासदहरुले सल्लाह गरेरै बहिष्कार गरेको बताएका छन् । सभासद चौधरीले भने– लेखीले बैठक नै नबसाली आफूलाई थरुहट थारुवान संयुक्त संघर्ष समितिको संयोजक भएको भ्रम छरिरहेका छन् । उनी थाकसको आन्दोलनको संयोजक हुन सक्छन्, समग्र थरुहट थारुवान संयुक्त संघर्ष समितिको होइन । अर्को प्रसंगमा सभासद चौधरीले भने– लेखीले थारु सभासदलाई बहिष्कार गर्नुपर्छ भन्ने अभिव्यक्ति दिदै आएकोले उनी उपस्थित कार्यक्रम आफूहरुबाट पनि बहिष्कार गरिएको बताए ।

सभासद योगेन्द्र चौधरीले भने– लेखीले थारु सभासदलाई बहिष्कार गर्नुपर्छ भन्ने अभिव्यक्ति दिदै आएकोले उनी उपस्थित कार्यक्रम आफूहरुबाट पनि बहिष्कार गरिएको बताए 

आन्दोलन जारी रहने

(थाकस) क्षेत्रीय समिति देउखुरीको १५औं अधिवेशनलाई सम्बोधन गर्दै लेखीले भने– ठूला दलहरुले बिगतका सम्झौताहरु तोडेर थारु र मधेसी बिरोधी संबिधान घोषणा गरेका छन् । थारु आयोगको नाममा बर्तमान संबिधानमा बिना कामको अर्थात अंपाङ्ग आयोग बनाइदै छ । आत्मनिर्णयको अधिकार सहितको प्रदेशको सिमाङ्कन नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ । उनले थारु र मधेसीको माग पुरा नभएसम्म पूर्ब मधेसमा जस्तै पश्चिम तराइमा पनि आन्दोलन जारी राख्न निर्देशन दिए ।

क्षेत्रीय सभापति हिरालाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाकसका केन्द्रिय कोषाध्यक्ष जयराम पञ्जियार, केन्द्रिय सदस्य टिकेन्द्र चौधरी, रामकृष्ण चौधरी, यशोदा चौधरी, क्षेत्रिय सल्लाहकार राजेन्द्र चौधरी, कैलालीका कार्यबाहक अध्यक्ष होरीलाल चौधरी, गढवा उद्योग बाणिज्य संघका युव राज पोख्रेल र जनता उ.मा.वि.का प्राचार्य रामसुरत यादव लगायतले बोल्नुभएको थियो ।

सर्वहारी सम्मानित

सो अवसरमा साहित्य कला संस्कृति र पत्रकारिताका माध्यमबाट थारु भाषामा योगदान पु¥याएका कृष्णराज सर्बहारीलाई सम्मान गरिएको छ । त्यस्तै, सल्लाकारद्धय चेतराम चौधरी तथा देव नारायण चौधरीलाई सम्मान गरियो । कार्यक्रममा थारु भेषभुषा र संस्कृति झल्किने साङ्गितिक प्रतियोगितात्मक कार्यक्रमहरु प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा कल्याणकारिणी सभाले प्रकाशन गरेको थारु लोकगीत संग्रह र बयोबृद्ध साहित्कार जिवलाल सत्गौंवा थारु द्धारा लिखित सुहावन फुलरीया गरि दुई कृतिको विमोचन गरिएको थियो । बिमोचित कृतिको समिक्षा शेरबहादुर चौधरी र कृष्णराज सर्वहारीले गर्नुभएको थियो ।

प्रतिक्रिया