राष्ट्रिय नाचघरमा जितिया

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ असोज २०७२, आइतवार
तस्विरः मदन चौधरी


काठमाडौं

काठमाडौं उपत्यकामा बस्ने थारु महिलाहरुले असोज १८ गते राष्ट्रिय नाचघरमा जितिया पर्व मनाउदै छन् । जितिया मूल आयोजक समितिले आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिएको हो । कार्यक्रमको उद्घाटन फोरम लोकतन्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गर्दैछन् ।

२०६१ सालबाट राजधानीमा सामूहिक रुपमा जितिया मनाइदै आएको छ । मूल आयोजक समितिका संयोजक तथा थारु महिला समाजकी अध्यक्ष सरस्वती चौधरीका अनुसार जितिया मनाउन यस बर्ष संस्कृति मंत्रालयले ३ लाख रुपैया उपलब्ध गराएको छ । कार्यक्रममा थारुको परम्परागत भेषभुषा, पहिरन र नाचगान देखाइने छ । केही बर्ष यता थारु महिला समाज र थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु महिला सभाले छुट्टाछुट्टै रुपमा जितिया मनाउँदै आएका थिए । थारुहरु अधिकार प्राप्तिका लागि सडकमा रहेको बेला छुट्टाछुट्टै जितिया मनाउँदा गलत सन्देश जाने भएकोले संयुक्त रुपमा मनाउन थालिएको जानकारी संयोजक चौधरीले बताइन् ।

थारुहरु अधिकार प्राप्तिका लागि सडकमा रहेको बेला छुट्टाछुट्टै जितिया मनाउँदा गलत सन्देश जाने भएकोले संयुक्त रुपमा मनाउन थालिएको जानकारी संयोजक सरस्वती चौधरीले बताइन् ।

जितिया पर्व तराईमा बसोबास गर्ने थारु महिलाको प्रमुख पर्व हो । यसलाई जितमहान ब्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन थारु समुदायका महिलाहरुले मनाउने गर्छन् । छोराछोरीको सुखशान्ति र चिरायुको कामना गर्दै महिलाहरुले उपवास र प्राचीन विधिद्वारा पूजा गरेर यो पर्व मनाउँन् । पर्व नजिकिएपछि थारु महिलाहरु जितिया मनाउन माइती जाने गर्छन् । माइती जान नसकेकाहरु घरमै जमघट भएर शुभकामना अदानप्रदान गरी जितिया मनाउँछन् । यो पर्व नवलपरासीदेखि झापा सम्मका थारुहरुले मनाउँदै आएका छन् । पश्चिमा थारुहरुले जितिया मनाउँदैनन् ।

प्रतिक्रिया