सिताराम चौधरी
भदौ ७ गते बसमा कीर्तिपुर डेरा फर्किदै थिए, पछाडिको सिटमा चुच्चो नाक भएका २ जना व्यक्ति कुरा गर्दै थिए । “आज दिउँसोको घटना थाहा पाउनु भयो हजुरले ?” अर्कोले जिज्ञासाका साथ “हजुर के घटना र ?” “टिकापुरमा दर्जनौ प्रहरी मारिने ठूलो घटना घट्यो नि, त्यत्रो मिडियामा आईराछ ।” “ए त्यो, थारूहरूले गराएको घटना भनेको । होइन, ती त कमैया कमलहरी बस्ने जाति होईन र ?, जो अर्काको घरमा जुठो भाँडा माझ्ने, अनपढ, गँवार, अर्काको अधिया खेत जोत्ने गर्छन् । कत्रो हिम्मत आएको होला यिनीहरू मानिस होईनन्, राक्षसै हुन् ।” उनीहरूको थारूहरू प्रतिको आक्रोश सुन्दै म डेरा पुगे ।
आज नेपालको हर कुना काप्चामा, पसलमा, चोकमा, क्याम्पस, सरकारी कार्यालय जहाँतही उही टीकापुरको घटनालाई लिएर थारूको विषयमा बहस टिकाटिप्पणी हँुदै आएको छ । प्रत्येक थारूले आफ्ना गैरथारू साथीहरूसंग विचारको लडाई लड्नु परिराखेको छ । यहि कुराले धेरैको सम्बन्ध पनि विग्रेको अवस्था छ भने धेरैजना साथीहरू यहि कुराले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । सामाजिक संजाल आज थारूको शब्द अपशब्दले पोतिए । पुलिसलाई भाला हान्ने, आगो लगाउने, बच्चालाई गोली ठोक्ने, आतंककारी, विखण्डनकारी देशद्रोही हुन्, यिनीहरूलाई गोली ठोक्नुपर्छ, फा“सीमा झुण्ड्याउनु पर्छ, आगो लाएर मार्नुपर्छ । यस्तो कमेन्ट स्टेटसले सामाजिक संजाल रंगिए ।
हजारौं हजार वर्षदेखि देशको सार्वभौमसत्ता र अखण्डताका लागि लडेका सोझा ईमान्दार थारूलाई यही एक घटनालाई कमजोरी बनाएर थारूहरूको इमान्दारिताको पूरै हरण गरियो ।
घटनाको दिन भदौ ७ गते अनलाईन खबर हेर्दै थिएँ । घटना त्यही २–३ बजे दिउसोतिर होला सेटोपाटी अनलाईन खोलेको थिए । सुरुमा यसले आन्दोलनकारीबाट एसएसपी र हवल्दारसहित ४ जनाको हत्या भनेर पोष्ट ग¥यो । त्यसपछि ७ जना, त्यसपछि १७ जना र अन्तिममा २१ जना प्रहरी सहित २ वर्षे बालकको आन्दोलनकारीबाट हत्या भनेर पोष्ट ग¥यो । भोलिपल्ट कान्तिपुर, नागरिक, नया“ पत्रिका लगायत थुप्रै राष्ट्रिय दैनिकले केवल ७ जना प्रहरी र एक नाबालकको मात्र ज्यान गएको छापेको पाइयो । कुनै अनलाइनले गल्ती सच्याउने जिम्मेवारी ठानेनन् । यसरी मिडियाले यति एकलौटी र विभेदपूर्ण तरिकाले सूचना सम्पेषण ग¥यो कि हजारौं हजार वर्षदेखि देशको सार्वभौमसत्ता र अखण्डताका लागि लडेका सोझा ईमान्दार थारूलाई यही एक घटनालाई कमजोरी बनाएर थारूहरूको इमान्दारिताको पूरै हरण गरियो ।
मिडियाले खोज्ने प्रयास गरेन कि टीकापुर घटनामा कतिजना आन्दोलनकारी हताहत भए ? कति बेपत्ता छन् ? जनतालाई दिग्भ्रमित पार्दै एक पक्षीय रुपमा मात्र समाचार सम्प्रेषण गरियो कि आन्दोलनकारी घरेलु हातहतियार, हसिया, खु“दा, भाला, फरुवा लिएर आएका थिए । आन्दोलनकारीहरूले २ वर्षको बच्चालाई समेत छाडेनन् । तर कहिल्यै लेख्ने भन्ने प्रयास भएन कि आन्दोलनकारीको भालाको गोलीबाट निस्केर बच्चाको मृत्यु भयो भनेर । अझ यिनीहरू आन्दोलनकारी होईनन् आतंककारी हुन् भनेर सत्ताका पहिचान विरोधी, शान्तिपूर्ण आन्दोलन विरोधी शासक नेताहरूको भाषणलाई डोह¥याई तेह¥याई टिभीमा देखाई राख्यो, एफएममा बजाई राख्यो । राज्य निरकुंश हुँदै टीकापुरमा सेना परिचालन ग¥यो । तुरुन्तै कफ्र्यु लगायौं । त्यही कफ्र्युको समयमा अर्को दिन थारू अगुवा, ब्यापारीको घरमा छानी छानी आगो लगाइयो, कुटपिट ढरपकड लगायत महिलाहरुमाथि दुब्र्यावहार गर्ने काम गरियो । मिडिया, मानब अधिकारकर्मी, नागरिक समाज पनि थारुहरु माथिक ज्यादति बारे आवाज उठाएनन् । थिए । किनकि त्यहा“ मात्र थारूको पीडा थियो, थारू बेदना थियो ।
टीकापुर घटनापछि हिजोका इमान्दार थारू आज आतंककारी, हिजोका सोझा थारू आज विखण्डनकारी र हिजोका देशभक्त थारू आज देशद्रोही भए । १० वर्षे जनयुद्धमा राज्यले सबै थारूलाई माओबादी, आतंककारी बिल्ला भिराएकै थियो । यसैको आरोपमा कति जनालाई टुहुरा बनायो, बिधवा बनायो, यो ईतिहास थारूहरुले कहिल्यै भुल्ने छैनन् । कति पीडा सहेर थारु पुर्खाले आफ्ना पौरखले तराईमा बाघ, भालुहरुसंग लडेर जमिन जोडेका थिए, आज उनीहरूकै जमिन गैरथारुहरूले खोसेर कमैया बनाए । आफ्ना छोरीचेलीको हातखुट्टा सडाई जुठो भाडा माभ्mने कम्लहरी बनाए ।
थारूको रगतबाट लेखिएको संविधानमा आज थारूकै अधिकार छैन । थारूले भोगेको प्रसव पीडा, उनीहरूको इतिहास, उनीहरूको अस्तित्व क्षतिपूर्ति सहित फिर्ता गरिनु पर्छ । राज्यले थारुहरुलाई आंतककारीरुपी दिएको उपहार फिर्ता लिनु पर्छ ।
आज एउटा राजनीतिक घटनालाई जोडेर सिंगो थारूमाथि औला ठड्याउने जुन काम भएको छ । राज्यबाट थारूलाई छानी छानी जेलमा कोच्ने काम गरेको छ । त्यो निन्दनीय छ । हो, टीकापुरमा घटेको घटना दुःखद छ, यो थारूहरुले स्वीर्काछन् । तर त्यो घटना घट्नुको कारण विश्लेषण गर्नु पनि उत्तिकै जरुरी छ । राजनीतिक घटनाको राजनीतिक तहबाटै समाधान खोजिनु पर्छ । तव न वार्ताको वातावरण बन्छ । आज यो देशको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डताको लागि सबैभन्दा बढी बलिदानी गरेका जाति थारू हुन् । तर बिडम्बना थारूको रगतबाट लेखिएको संविधानमा आज थारूकै अधिकार छैन । थारूले भोगेको प्रसव पीडा, उनीहरूको इतिहास, उनीहरूको अस्तित्व क्षतिपूर्ति सहित फिर्ता गरिनु पर्छ । राज्यले थारुहरुलाई आंतककारीरुपी दिएको उपहार फिर्ता लिनु पर्छ ।
थारू, मधेशी, जनजाति, दलित पिछडा वर्गलाई गोली ठोकेर आज शासकहरूले नया“ संविधान ल्याएका छन् । उनीहरू विजयी, जुलुस दीपावली मनाएका छन् । पिछडा वर्गको जायज माग र मुद्दालाई सम्बोधन गर्नुको साटो लत्याएर आफूलाई बहादुर महसुस गरिरहेका छन् । अहिले संविधानको बिरोधमा आगोको जुन झिल्का बलेको छ, यसलाई लर्तरो ठान्ने परिकल्पना नगरियोस् ।