राष्ट्रिय जातीय संग्रहालयमा नयाँ नेतृत्व

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ असोज २०७२, शुक्रवार
राष्ट्रिय जातीय संग्रहालयमा नयाँ नेतृत्व


काठमाण्डौ

नेपाल राष्ट्रिय जातीय संग्रहालयको पाँचौ साधारण सभाले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष टिकाराम चौधरी, उपाध्यक्ष दाल कुमारी सुनुवार र कृृष्णकुमारी सुब्बा महासचिवमा प्रा डा धनबहादुर कुँवर, कोषाध्यक्ष इन्दिरा जिमी याख्खा, सचिव रेशमलाल धिमाल, तथा कोषाध्यक्ष विनिता चौधरी लगायत चयन हुनु भएको जानकारी नवनिर्वाचित केन्द्रिय सदस्य जीवन राना थारुले जानकारी दिनुभयो ।

हाल जातीय संग्रहालय रहेको पर्यटन बोर्डमा असोज १५ साधारण सभा भएको थियो । त्यसअघि साधारण सभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले राज्यले आदिवासी जनजातिलाई बिभेद गरिरहेको भन्ने आवाज आईरहदा नयाँ संविधानले यस्ता बिभेदकारी नीतिमा परिवर्तन ल्याउने बताउनु भयो ।

मन्त्री शेर्पाले जातीय संग्राहलयको लागि यो बर्ष नेपाल सरकारले बजेट नछुट्याउनुको कारण संस्थामा गरिएको भ्रष्टाचार पनि रहेको बताउनु भयो । 

भ्रष्टाचारले बजेट छुट्याउन नसकिएको

मन्त्री शेर्पाले आदिवासीहरु संगठित भएर अगाडि बढ्नु पर्ने धाराणा राख्नु हुदै हरेक संघ संस्थाको लागि आर्थिक पारदर्शिता महत्वपूर्ण हुने हुँदा त्यसमा बिशेष ध्यान पु¥याउनु पर्ने धारणा राख्नु भयो । उहाँले जातीय संग्राहलयको लागि यो बर्ष नेपाल सरकारले बजेट नछुट्याउनुको कारण संस्थामा गरिएको भ्रष्टाचार पनि रहेको बताउनु भयो । कोषाध्यक्ष सन्तलाल चेपाङले करीब ५ लाखको हिसाब फरफारक नगरेको समाचार छ ।

नेपाल राष्ट्रिय जातीय संग्राहलयका निवर्तमान अध्यक्ष बमकुमारी बुढाले भने आरोपलाई खण्डन गर्दै आफूलाई महासचिवले योजनाबद्ध ढङ्गले फँसाएको दाबी गर्नु भयो । २०५१ सालमा संस्कृति मंत्रालय अन्तर्गत स्थापना गरिएको संग्रहालयमा पहिले राष्ट्रिय जनजातीय संग्रहालयको धारणा ल्याइए पनि पछि जातीय संग्रहालयमा परिणत गर्दा बाहुन, क्षेत्री थरका पनि कार्यसमितिमा तथा आजीवन सदस्य रहेका छन् । कीर्तिपुरको चम्पादेवीमा करीब १२५ रोपनी जग्गा जातीय संग्रहालयका लागि सरकारले उपलब्ध गराए पनि भवन लगायतको संरचनाको काम अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया