किरात राई पत्रकार संघले मनायो स्थापना दिवस

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ असोज २०७२, शुक्रवार
किरात राई पत्रकार संघले मनायो स्थापना दिवस


काठमाडौं । किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले असोज १४ गते किरात राई यायोक्खाको कोटेश्वरस्थित सुम्निमा हलमा नवौं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष गणेश राई र पूर्वअध्यक्ष पदम राईलाई सम्मान गरिएको छ । संघका संस्थापक अध्यक्ष र पूर्वअध्यक्ष दुवैलाई फेटा लगाइदिएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

सो अवसरमा किरात राई यायोक्खाका उपाध्यक्ष मनिकुमार राईले किरात राई यायोक्खाको भवन गत १२ वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएकोले सो भवन भत्काएर नयाँ भवन बनाउने तयारी भइरहेको जानकारी दिए । ‘नयाँ भवनका लागि करिब ५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ,’ उपाध्यक्ष राईले भने, ‘हामी देश विदेशमा रहेका किरात राईहरुको घरदैलोबाटै उठाउने सोंच बनाएका छौं ।’

प्रतिक्रिया