दक्षिण कोरियामा थारु एकजुट

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ असोज २०७२, बिहिवार
दक्षिण कोरियामा थारु एकजुट


काठमाडौ

दक्षिण कोरियाको विभिन्न स्थानमा छरिएर बसेका थारुहरु संगठित भएका छन् । उनीहरुले थारु कल्याणकारिणी सभा दक्षिण कोरिया शाखा गठन गरेका छन् । कोरियाको महान चाड छुसकको अवसर पारेर असोज १२ गते शाखा गठन गरिएको हो ।

राजधानी सोलस्थित दोङ्गदेमुनमा भेला भएर गठन गरिएको उक्त सभाले पुष्पकुमार चौधरीको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसमा उमेश चौधरी, वसन्त चौधरी, शिव चौधरी, यज्ञ चौधरी, अमर चौधरी, चन्द्र चौधरी, तुलाराम चौधरी, आर्यान चौधरी, रेशम, बिनोद, पदम चौधरी, राजेश, मोहन र अबदेश चौधरी सदस्य रहेका छन् । सन् २०१६ मा साधारणसभा गरी भब्यताका साथ पूर्ण कार्यसमिति बनाइने निर्णय समेत पारित गरिएको छ ।

कतारमा पनि केही बर्ष अघि थारु कल्याणकारिणी सभाको शाखा गठन भई माघी लगायत चाड सामुहिक रुपमा मनाउन थालिएको छ ।

प्रतिक्रिया