४१ मातृभाषामा मानव अधिकारको विश्वव्यापी घोषणापत्र प्रकाशित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस८ असोज २०७२, शुक्रवार
४१ मातृभाषामा मानव अधिकारको विश्वव्यापी घोषणापत्र प्रकाशित


काठमाडौ

मानव अधिकारको विश्वव्यापी घोषणापत्र विभिन्न मातृभाषामा भाग–२ को रुपमा प्रकाशित भएको छ । देव कुमार सुनुवार तथा जगत दोङ तामाङले सम्पादन गरेको इण्डिजिनियस मिडिया फाउण्डेशनले प्रकाशन गरेको यस पुस्तकमा २० भाषामा घोषणापत्रको अनुवाद साता प्रकाशन गरिएको हो ।

जसमा राई बान्तवा, भुजेल घर्ती, बोटे, चाम्लिङ राई, चेपाङ, दराई, धानुक, धिमाल, हायु, कुमाल, कुसुण्डा, लेप्चा, मेचे, पहरी, राजी, सन्थाल, सुरेल, ताङ्बे, तोप्केगोला ढोक्प्या, याक्खा भाषा समेटिएका छन् ।

त्यस्तै गत बर्ष मानव अधिकारको विश्वव्यापी घोषणापत्र विभिन्न मातृभाषामा भाग–१ को रुपमा प्रकाशित गरिएको थियो । भाग–१ मा कोइँच सुनुवार, बराम, छन्त्याल, दनुवार, गुरुङ, जिरेल, किसान, लिम्बु, ल्होमी, मगर, माझी, नेवार, राजवंशी, शेर्पा, ताजपुरिया, तामाङ, थकाली,  थाङ्मी, थारु, उराँव, ह्योल्मो गरी २१ भाषामा प्रकाशित भएका थिए । भाग–१ र २ गरी मानव अधिकारको विश्वव्यापी घोषणापत्र ४१ मातृभाषामा प्रकाशित भएको हो ।

सम्पादक मध्येका एक देव कुमार सुनुवारले भने– मानव अधिकारको विश्वव्यापी घोषणापत्र आदिवासी जनजातिहरुका लागि निकै महत्वपूर्ण दस्तावेज हो । त्यसैले विभिन्न मातृभाषामा अनुवाद  गरी प्रकाशित गरियो । तर विभिन्न भाषामा अझै पनि लेख्य परम्परा नरहेकोले अनुवादको क्रममा निकै दुःख झेल्नुप¥यो ।
 

प्रतिक्रिया