लखन थापा मगर पहिलो सहिद घोषित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ असोज २०७२, बिहिवार
लखन थापा मगर पहिलो सहिद घोषित


काठमाडौ

लखन थापा मगरलाई पहिलो सहिद घोषणा गरिएको छ । असोज ३ गतेको मंत्री परिषदको बैठकले लखन थापा मगरलाई पहिलो सहिद घोषणा गरेको हो ।
राणा शासनको विरुद्धमा लागेको भनेर मगरलाई १३७ बर्ष अघि गोरखा बुङकोटको काहुलेभंगारमा खिर्राको रुखमा झुण्डाएर ४२ बर्षको उमेरमा हत्या गरिएको थियो । उनीसंगै उनका सहयात्री जैसिङचुमी राना मगरको १९३३ फागुन २० गते हत्या गरिएको थियो ।

२०४४ सालदेखि नै मगर समुदायले लखन थापा मगरलाई पहिलो सहिद घोषणा गर्न माग गर्दै आएको थियो । तात्कालीन प्रधानमंत्री कृष्णप्रसाद भट्टराईको मंत्री परिषद बैठकले २०५६ फागुन ११ गते लखन थापा मगरलाई सहिद घोषणा गरेको थियो । २०७२ सालमा आएर बल्ल लखन थापा मगरलाई पहिलो सहिद घोषणा गरिएको छ ।

प्रतिक्रिया