पूर्व कमलरी कौशिलालाई विश्व शान्ति पुरस्कार

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ भदौ २०७२, बिहिवार
पूर्व कमलरी कौशिलालाई विश्व शान्ति पुरस्कार



काठमाडौ

लामो समयसम्म कमैया मुक्ति पुनस्र्थापना अभियानमा क्रियाशिल कमैया नेतृ कौशिला चौधरी शान्ति स्थापनाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै विश्व शान्ति पुरस्कार (एन पिस एवार्ड) बाट पुरस्कृत भएकी छिन् । उनी एवार्ड थाप्न २३ अक्टुबरमा अमेरीकाको न्युवर्क जाने कार्यक्रम तय भएको छ ।

आफै लामो समयसम्म कमलरी तथा कमैया जीवन व्यतित गरेकी चौधरी कमैया आन्दोलन तथा कमैया पुनस्र्थापनाको क्षेत्रमा विगत डेढ दशकदेखि क्रियाशील छिन् । कमैया मुक्ति आन्दोलनको एक प्रमुख अभियान्ताको रूपमा परिचित उनीसहित नेपालका आठजना अन्तिम चरणको छनौटमा परेका थिए ।

दास प्रथाको रूपमा रहेको कमैया तथा कमलरी प्रथा अन्त्यसंगै पुनस्र्थापना अभियानलाई आफ्नै कामको रूपमा लिने उनी जारी कमैया÷कमलरी पुनस्र्थापना अभियानलाई चाँडै पूर्णता दिने सरकारी अभियानमा क्रियाशिल रहेकी छिन् । जसलाई अवको केही समयमै पूर्णता दिन सकिने उनको दावी पनि छ । ३० वर्षिया कौशिला आफू जस्तो कमैयाको क्षेत्रमा क्रियाशिल व्यक्तिले एवार्ड जित्नु धेरै खुशीको कुरा भएको बताइन् । मुक्त कमैया महिला विकास मञ्च कैलालीको अध्यक्ष रहेकी अभियन्ता कौशिला चौधरी मुक्त कमैया पुनस्र्थापना समिति कैलाली र कमैया प्रथा उन्मुलन समाज कैलालीसंग पनि आवद्ध छिन् ।

सहयोग पु¥याउनेलाई धन्यवाद

कौशिलाले विश्व शान्ति पुरस्कार जिताउन सहयोग पु¥याउने सबैलाई फेसबुक स्टाटस मार्फत् धन्यवाद व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्– यहाँहरूकै असिम माया, अपार सहयोग, सदभाव र अमुल्य भोटले म विश्व शान्ति पुरस्कार (एन.पिस.एवार्ड) जित्न सफल भएकी छु । मलाई अन्तिम चरणको छनौटसम्म जिताउन भोट हाल्ने देश विदेशमा बस्ने सम्पुर्ण साथीभाई, ईष्टमित्र तथा आफन्तजनहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।  साथै उनले यो स्थानमा पु¥याउन योगदान दिने लुथरन विश्व फेडेरेशन, प्लान नेपाल लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सँघसस्थाहरूलाई पनि धन्यवाद दिएकी छिन् । उनले अगाडि उल्लेख गरेकी छिन्– सम्पुर्ण नेपाली नेपाली विचमा आपसी शान्ति मेलमिलाप तथा सदभाव कायम भईराखोस्, अब बन्ने नयाँ संविधानमा सबैको समान पहुँच, नियन्त्रण र हक अधिकार सुनिश्चत होस् भन्न चाहन्छु ।

प्रतिक्रिया