थारु नेताहरुबाट वार्ताको लागि आह्वानः सरकारले टेरन

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी८ भदौ २०७२, मङ्गलवार
थारु नेताहरुबाट वार्ताको लागि आह्वानः सरकारले टेरन

 

कैलाली टीकापुरको स्थिति असामान्य हुँदै गएपछि थारु नेताहरुबाट वार्ताको लागि सरकारसंग आह्वान गरेका छन् । रिपोर्टस क्लवमा भदौ ८ गते बेलुकी पत्रकार सम्मेलन गरी थारु नेताहरुबाट वार्ताको लागि आह्वान गरेका हुन् । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का अध्यक्ष तथा सभासद रुक्मिणी चौधरीले भनिन्– हामी वार्ता बिरोधी होइनौ, वार्ताको टेबुलमा बस्न तयार छौं तर सरकारले टेरेको छैन, दमन गरेरै जाने सोचाइमा छ, त्यसैले कैलाली, कञ्चनपुरलाई थरुहट प्रदेशमा राखिनुपर्ने आन्दोलन रोकिने छैन ।

छानवीन समिति गठन

स्मरण रहोस्, भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी तथा प्रहरी बीचको झडपमा ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएपछि मंत्रीपरिषदले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको अध्यक्षतामा ५ सदस्यीय उच्चस्तरीय छानवीन समिति गठन गरेको छ ।

सरकारले थरुहट आन्दोजनकारीसंग वार्ता टोली बनाउनु साटो सुरक्षाकर्मी मारिएको छानवीन गर्ने समिति मात्र बनाएर थारु आन्दोलनकर्मीको अझ परीक्षा लिन थालेको छ ।

उता भदौ ८ गते कैलाली क्षेत्र न. १ का फोरम लोकतान्त्रिकका सभासद जनकराज चौधरी, फोरम लोकतान्त्रिकका जिल्ला नेता प्रदीप चौधरी तथा संचारकर्मी रेशम चौधरीको टीकापुरस्थित फूलबारी रेष्टुरेण्ट, फूलबारी एफएम, थारु ब्यापारीहरुको कमल फर्निचर उद्योग, मिना फर्निचर उद्योग, निरु ट्रेडर्स, थारुहरुको हाटबजारमा दिउँसो आगजनी भएको छ । एक दर्जन बढी थारु ब्यापारीको पसलमा तोडफोड भएको छ । सरकारले थरुहट आन्दोजनकारीसंग वार्ता टोली बनाउनु साटो सुरक्षाकर्मी मारिएको छानवीन गर्ने समिति मात्र बनाएर थारु आन्दोलनकर्मीको अझ परीक्षा लिन थालेको छ ।

कफ्र्युमा पनि आगजनी

टीकापुरमा कफ्र्यु जारी गरिए पनि अखण्ड पक्षधरबाट गरिएको आगजनी रोक्न प्रहरीले ध्यान दिएको छैन । थरुहट आन्दोलनकारीकर्मीहरुको आक्रोश सरकारपक्षसंग भए पनि अखण्ड पक्षधरले थारु नेता, ब्यापारीहरुको घरमा छानी छानी आक्रमण गर्न थालेपछि स्थिति भयावह भएको हो । दिउँसो आगजनीको घटना मत्थर भएको भनिए पनि भदौ ८ गते थारुहरुको घरमा तोडफोड रोकिएको थिएन । सञ्चारकर्मी रेशम चौधरीको टोलमा रहेको एक थारुको घरमा आगजनी गर्न गएको टोली छिमेकमा पहाडीको घर भएकोले आगजनी नगरी तोडफोड गरेर फर्किएको थियो । टीकापुर घर भएका धुलिखेलमा शिक्षणरत एक शिक्षकले भने– अखण्डपक्षधरबाट जथाभावी आक्रमण हुन थालेपछि टीकापुर छेउछाउका गाउँ सुनसान हुँदैछन् । आगजनी गर्नुअघि उनीहरुले लुटपाट समेत गर्दैछन् ।

टीकापुर घर भएका धुलिखेलमा शिक्षणरत एक शिक्षकले भने– अखण्डपक्षधरबाट जथाभावी आक्रमण हुन थालेपछि टीकापुर छेउछाउका गाउँ सुनसान हुँदैछन् । आगजनी गर्नुअघि उनीहरुले लुटपाट समेत गर्दैछन् ।

थारुहरुलाई मात्रै कफ्र्यु ?

रिपोर्टस क्लवको पत्रकार सम्मेलनमा थरुहट÷थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीले भने– सोमबारको घटनाप्रति हामी अत्यन्त मर्माहत छौं । तर यसको दोषी सरकार नै हो । शान्तिपूर्ण जुलुसमा प्रहरी दमन हुँदा त्यस्तो घटना भएको हो । उनले अगाडि भने– मंगलबार टीकापुरमा थारु नेताहरुको घरमा कफुर्यको बीचमा पनि आगजनी गरिएको छ । के कफ्र्युको नियम थारुहरुलाई मात्रै हो ?

राज्य श्वेत आतंकमा उत्रियो

कांगे्रस सभासद सुरेन्द्र चौधरी पत्रकार सम्मेलनमा आक्रोशित थिए । उनले भने– जसरी भूमाफियाले जग्गा ओगटेर आफूखुशी जग्गाको चिरफार गर्छ, त्यसरी नै देशका भूमाफियाहरुले आफू खुशी देशको सीमांकन गर्दैछन् । सभासदको कुनै भूमिका छैन यहाँ, मात्र ३ दलको सिण्डिकेण्ट चलिरहेको छ । दुइ चार जना ठालुहरुले देश जोत्छु भनिरहेका छन्, हामी त्यसो हुन दिन्नौं । उनले अर्को प्रसंगमा भने– गृहमंत्री र आइजीपीबीच जुन देशमा बोलचाल छैन, त्यहाँ कानुनको शासन कसरी अनुभूति गर्ने ? आज टीकापुरको घटनालाई लिएर दर्जनौ थारु कार्यकर्तालाई समातिएको छ । उनीहरुलाई कहाँ, कुन अवस्थामा राखिएको छ, कुनै अत्तोपत्तो छैन, राज्यले उनीहरुलाई बेपत्ता पार्ने हो कि भन्ने डर छ । सभासद चौधरीले अगाडि भने– सभासद जनकराज चौधरीको घर प्रहरी चौकीभन्दा सय मिटर पनि टाढा छैन । तर उहाँको घरमा कफ्र्युको समयमा पनि आगजनी, लुटपाट गरिएको छ । कफर््यु थारुलाई मात्रै हो कि, बाँकी अरुलाई पनि हो ? राज्यबाट श्वेत आंतक सिर्जना गरिएको छ । सैनिक परिचालन समाधानको बाटो होइन । राज्य दमनमा उत्रिए त्यसको असर मेचीदेखि महाकालीसम्म पर्नेछ ।

कांगे्रस सभासद सुरेन्द्र चौधरीले भने कफर््यु थारुलाई मात्रै हो कि, बाँकी अरुलाई पनि हो ? राज्यबाट श्वेत आंतक सिर्जना गरिएको छ । सैनिक परिचालन समाधानको बाटो होइन । राज्य दमनमा उत्रिए त्यसको असर मेचीदेखि महाकालीसम्म पर्नेछ ।

घर आगजनी गरिएका कैलाली १ का सभासद जनकराज चौधरीले पनि राज्य श्वेत आंतकमा उत्रिएको आरोप लगाए । उनले भने– मेरो क्षेत्रको जनताको सुरक्षा मेरो पनि जिम्मेवारी हो, तर आज मेरै घर सुरक्षित रहेन । कफर््युको समयमा पनि जब दर्जनौ थारुहरुको घरमा आगजनी हुन्छ, त्यसमा राज्य नै श्वेत आंतकमा उत्रिएको देखिन्छ । उनले प्रधानमंत्री तथा गृहमंत्रीलाई समेत भेटेर टीकापुरमा शान्ति सुरक्षा कायम गर्न आग्रह गरेको बताए ।

गिरफ्तार गरिएकालाई चरम यातना

उपचार गराउन आएका ५ थरुहट आन्दोलनकारीलाई गिरफ्तार गरिएको छ । पक्राउ पर्नेमा राजकुमार कठरिया, रामकुमार कठरिया, सुन्दरलाल कठरिया, हरिनारायण चौधरी र दिलबहादुर चौधरी रहेका छन् । त्यस्तै, फोरम लोकतान्त्रिक क्षेत्र नं ३ का सभापति रामप्रसाद चौधरी पनि पक्राउ परेका छन्  । प्रत्यक्षदर्शीहरुका अनुसार पक्राउ गरेलगत्तै प्रहरीले उनीलाई चरम यातना दिएको छ । उनीहरुलाई बन्दुकको कुण्डाले कुटपिट तथा बुटले कुल्चेर यातना दिइएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा भौतिक सम्पत्तिमा आगजनी गर्ने झुण्डहरुलाई कार्वाही गर्न, सेना प्रहरीबाट सोझा थारुहरुलाई पक्राउ गरिएकोमा अविलम्व रिहा गर्न माग गरिएको छ । साथै, घटनामा एक प्रहरीको २ बर्षे छोराको थरुहट आन्दोलनकारीबाट मारिएको घटनाको खण्डन गरिएको छ । अन्धाधुन्ध फायरले प्रहरीकै गोली लागी बालकको दुःखद मृत्यु भएको हो ।

थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा कति थरुहट आन्दोलनकारी मारिएको, कति गिरफ्तार गरिएको यकिन तथ्यांक संकलन गर्न नसकिएको जानकारी दिइयो । सभासद जनकराज चौधरीले भने– हाम्रो सूचनाको स्रोत पनि प्रहरी प्रशासन नै हो, उताबाट कुनै ठोस जानकारी दिइएको छैन ।

पत्रकार सम्मेलनमा भौतिक सम्पत्तिमा आगजनी गर्ने झुण्डहरुलाई कार्वाही गर्न, सेना प्रहरीबाट सोझा थारुहरुलाई पक्राउ गरिएकोमा अविलम्व रिहा गर्न माग गरिएको छ । साथै, घटनामा एक प्रहरीको २ बर्षे छोराको थरुहट आन्दोलनकारीबाट मारिएको घटनाको खण्डन गरिएको छ । अन्धाधुन्ध फायरले प्रहरीकै गोली लागी बालकको दुःखद मृत्यु भएको हो ।

भदौ १२ गते बिरोध सभा

यसैगरी थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले भदौ १६ गते सम्मको आमहडताललाई निरन्तरता दिदै भदौ १२ गते तराईको जिल्लाको सबै सदरमुकाम तथा प्रमुख शहरहरुमा बिरोध सभाको आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु कृष्णराज सर्वहारी