रसुवा भोटेकोशी–त्रिसुली बाढीमा परि हजारौं ब्यक्तिहरुको मृत्यु र सम्पर्कविहिन भइरहेको बेला हराएका ब्यक्तिहरुको खोजीका लागि थारुहरको प्रथाजनित संस्था बरघरले पनि सक्रियता देखाएको छ ।
कामको शिलसिलामा रसुवा पुगेका दाङ, बाँके, बर्दिया तथा कैलालीका थारुहरु सो बाढीमा परी सम्पर्कविहिन भए पछि प्रथाजनित संस्था बरघरले यो सक्रियता देखाएको हो ।
कैलालीको जानकी गाउँपालिकाबाट बरघर कृष्णीदेवि चौधरीको नेतृत्वमा एक टोली काठमाडौं आईपुगेको हो । यो टोलीले चितवनको भरतपुर हुँदै विभिन्न अस्पतालमा र प्रहरी कार्यालयमा सोधखोज गर्दै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल आईपुगेको हो । बरघर चौधरीको अनुसार जानकी गाउँपालिकाको १० जनाको टोली सहित सम्पर्कविहिनहरुको खोजीमा निस्किएको बताउनु भयो ।
उहाँहरु कैलाली जानकी गाउँपालिकाके सम्पर्कीवहिन चक्रबहादुर दंगौरा, राज कपुर थारु, श्याम प्रसाद चौधरी र प्रविन चौधरीको खोजीको लागि काठमाडौ आईपुग्नु भएको हो ।
साथमा वेपत्ता आफन्तका तस्विर साथमा लिएर कहिले नुवाकोट त कहिलेकाठमाडौं भौतारिरहेका कैलाली वडा नम्वर ७ ओखर पुरकी मिनादेवी दगौराले बताउनु भयो ।
मिनादेबी दौगोराको श्रीमान ४४ बर्षिय चक्रबहादुर दगौरा मिस्त्री काम गर्न रसुवा पुग्नु भएको थियो । श्रीमती मिनादेवि दगौरा अहिले मुटुको रोगी हुनुहुन्छ ।श्रीमती दगौरा अहिलेआफू विरामी भएकोले धेरै काम गर्न नसक्ने बताउनु हुन्छ ।
थारु समुदायमा प्रचलित प्रथाजनित संस्था मटावाँ, बरघर, भलमन्सा,गूरुवा र चिरक्या आदिजस्ता परम्परागत संस्थाले विबहा जन्म तथा मृत्यु संस्कार लगायतका संस्कारमा सहभागिता हुँदै आएकोमा यो घटनाले विपतमा पनि प्रथाजनित संस्थाको सक्रियता देखिनु सुखद भएको अभियन्ताहरुले टिप्पणी गरेका छन् ।
‘श्रीमान कमाएर आएपछि उपचार गर्ने कुरा थियो, पेशाले कृषक हौं तर खानबाहेक सबै छोराछोरी पढाउन औषधिउपचार श्रीमान ज्याला मजदुरी गरेर मात्रै गर्ने गरेका छौ ।’–मिनादेवी दगौराले बताउनु भयो ।
मिनादेबी दगौराको साथमा उहाँकी बहिनी कमला चौधरी पनि श्रिमान खोज्न काठमाडौ आइपुग्नु भएको छ । मिनादेवी दगौरा र कमला चौधरीको श्रमान सँगसगै रसुवा सुरुङमा मजदुरको काम गर्दै हुनुहुन्थ्यो । यहीबेला ोेटेकोशी बाढीमा परि उहाँहरु बेपत्ता हुनुहुन्छ ।
श्रीमान खोज्न आएकी कमला चौधरीको पनि उस्तै कथा छ । घरमा सानी छोरी र मृगौला विरामी सासुलाई घरमा छोडेर बेपत्ता श्रीमान खोज्न उहाँ काठमाण्डौ पुग्नु भएको छ । उहाँले भन्नु भयो –‘घरमा सासुआमा थलापरेको र मृगोलाबाट रगतै जाने गरेका छ । औषधिउपचार गराई रहेको र कमाएर आएपछि आमाको मृगौला उपचार गराउन भनी श्रीमान पहिलोपटक रसुवा पुग्नु भएको हो ।’ उहाँले यसै प्रसंगमा भक्कानिदै थप्नु भयो –‘छोरी अहिले ५ वषकाछिन्, बाबाले स्कुल जाने झोला लिएर आउने आसमा छिन् । तर श्रीमान नभेतीदा छोरी र घरको सपना तुहिएको छ ।’
कमलासँगै आएका श्याम प्रसाद चौधरी र प्रविन चौधरीको आफन्त पनि छोरा र दाजु नभेटिदा निरास भएर घर फकिनु भएको छ ।
कमला जस्तै हजारौको सपना कोशी बाढिले तुहाएको छ । कसैको श्रीमान हराएका छन् त कसैका् छोरा छोरी त कसैको भाइबहिनी तथा परिवारका सदश्य हजारौंको संख्यामा सम्पर्कविहीन छन् ।
यहीक्रममा शिक्षण अस्पतालको भित्तामा तस्विर नियाल्दै गरेका दाङ राप्ती गाउँपालिका वडानम्बर ३ वसन्तपुरका श्यामसुन्दरी चौधरीले आफ्नो छोरा सर्वेस चौधरीलाई खोज्न शिक्षण अस्पताल आई पुगेको बताउनु भयो । उहाँले भन्नुभयो –‘पहिला चितवन पुग्यौ, त्याहाँ पत्ता नलागेपछि काठमाण्डौ आएका हौं । नुवाकोट सम्म गुग्यौ तर आजसम्म छोरा पत्ता लागेन ।’
थारु समुदायमा प्रचलित प्रथाजनित संस्था मटावाँ, बरघर, भलमन्सा,गूरुवा र चिरक्या आदिजस्ता परम्परागत संस्थाले विबहा जन्म तथा मृत्यु संस्कार लगायतका संस्कारमा सहभागिता हुँदै आएकोमा यो घटनाले विपतमा पनि प्रथाजनित संस्थाको सक्रियता देखिनु सुखद भएको अभियन्ताहरुले टिप्पणी गरेका छन् ।









