सिन्धुपाल्चोक
धुस्कुन–८ स्थित सेतीदेवी प्राथमिक विद्यालयको प्राङ्गण । त्यहाँ उपस्थित प्रायः विद्यार्थीका जिउ माटो नै माटोले लत्पतिएको देखिन्थ्यो । पानीको नजिक नजिक मुहान थियो र पनि लगाएका कपडा हिलोमा चोपलेर निकलिएका जस्ता थिए । कसैको झोला उध्रेको थियो त, कोही बिना झोला, टाउकोमाथि किताब, कापी बोकेर स्कूल आउदै थिए । भूकम्पले ती बालबालिकालाई बिरुप बनाएको छ ।
भूकम्पले स्कूलको चौर भास्सिएको छ, भीरै भीरको फेदमा अवस्थित सो स्कूलको भौगोलक अवस्था निकै जोखिमपूर्ण छ । काठमाडौंबाट करीब ५ घण्टाको दुरीमा अवस्थित धुस्कुन, पिस्कर क्षेत्रमा प्रायः अतिसीमान्तकृत थामी समुदायको बसोबास छ । २०५० सालमा स्थापित सेतीदेवी प्राथमिक विद्यालयमा पनि ९० प्रतिशत विद्यार्थीहरु थामी रहेका छन् ।

भूकम्पले शौचालय, कक्षाकोठा भत्किएको छ । विद्यार्थीका किताब, कलम हराएका छन् । स्कूलका प्रधानाध्यापक वेदविक्रम कार्की भन्छन्– भुकम्पले सबै तहस नहस पारेपछि शीतल र छत खोज्दै मौसम र दिन हेरेर कहिले बिहान, कहिले दिउँसो पढाउदैछौं । अहिलेसम्म पुनर्निर्माण र व्यवस्थापनको लागि कोही आएका छैनन् । तात्कललाई शौचालय र कक्षा कोठा, बेन्चहरु भए यी विद्यार्थीहरुले अलि सहज वातावरणमा पढ्न पाउने थिए ।
हुन पनि कक्षाकोठा सबै भताभुङ्ग छ, हेर्दा लाग्थ्यो कुनै एउटा पाटी पौवा भत्केको छ । यहाँ कुल ८० जना विद्यार्थी छन् । स्कूलको स्टाफमा ३ शिक्षक र एक सहायक कर्मचारी गरी चारजना रहेका छन् । अधिकांश थामी विद्यार्थीहरु प्राथमिक तह पनि राम्रोसँग पढ्दैनन् । कक्षा ६ पढ्न डेढ घण्टाको बाटो हिंडेर जानुपर्ने बाध्यता रहेकोले यस क्षेत्रका थामीहरु हाइस्कूल पनि अत्यन्त न्यूनले गरेका छन् । पढ्दा पढ्दै कोही बिहे गर्छन्, कोही काठमाडौं जान्छन्, कोही विदेशिन्छन् । प्रधानाध्यापक कार्की भन्छन्–“भौगोलिक वातावरण, अशिक्षा, गरिबी र परम्परागत केही कु–संस्कारका कारण आधुनिक समयसँगै यस क्षेत्रका थामी समुदायमा परिवर्तन आएको देखिदैन ।