तेस्रो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न, आठबुँदे घोषणापत्र जारी 

सरला चौधरी
सरला चौधरी२८ साउन २०८३, बिहिवार
तेस्रो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न, आठबुँदे घोषणापत्र जारी 

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आयोजना गरेको तेश्रो अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन काठमाडौ ८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
नेपाल, भारत, श्रीलंका, साउदीअरव  भूटान लगायत  बंगलादेश, र भारत लगायतका मातृभाषी पत्रकारहरुको सहभागिता रहेको सम्मेलन साउन २५ गते सुरु भई २७ गते बुधबार सम्म्पन्न भएको हो । 
सम्मेलन समापनका अवसरमा जारी भएको घोषणापत्रमा मातृभाषाहरूमा सञ्चालित मिडिया विकास र दिगोपनका लागि राज्इले नीतिगत सम्बोधन गर्न आग्रह गरिएको छ ।
‘सामाजिक न्याय, भाषा, सांस्कृति संरक्षण तथा ब्यक्तिले बुझ्ने भाषामा संञ्चार गर्ने सामाजिक उत्तरदायित्वका रुपमा रहेको मातृभाषा संचार नीति तर्जुमा  हुनु पर्दछ ।’  घोषणापत्रमा भनिएको छ –‘सूचनाको हक तथा अभिब्यक्ति स्वतन्त्रतामा मातृभाषाको प्रयोगले प्रत्येक नागरिकको सुसूचित हुने अधिकार सुनिश्चित गर्दछ ।’
घोषणा पत्रमा नेपालको प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्मााचार्यको सन्दर्भलाई उल्ल्ेख गर्दै बुद्धजयन्तीो एकदिन अघि मनाइँदै आएको मातृभाषा पत्रकारिता दिवस राष्ट्रिय स्तरमा मनाउनु अपरिहार्य रहेको माग गरिएको छ  । 
मातृभाष पत्रकारिता मार्फत आदिवासी ज्ञान, सिप, परम्परा, पहिचान संरक्षण र विस्तार हुन सक्ने स्मरण गराउँदै मातृभाषा पत्रकारिताको विकासका लागि समावेशी तथा समतामूलक विज्ञापन नीति अवलम्बन गर्न अपरिहार्य रहेको  प्रसंग उठाइएको छ । 
विकास क्षेत्रमा क्रियाशील  संघसंस्था तथा विकास साझेदारहरूलाई आदिवासी जनजातिहरु लक्षित विकासका कार्यक्रम तथा कोषको प्राथमिकतामा मातृभाषा पत्रकारिता समावेश गर्न आह्वान गरिएको छ । 
जलवायु परिवर्तनका कारण आदिवासी जनजातिहरू सबैभन्दा बढी प्रभावित भएका प्रसंगलाई पनि घोषणापत्रमा उल्लेख गरिएको छ । 
जलवायु परिवर्तनसम्बन्धी कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय घोषणापत्र, नीति वा सम्झौतामा आदिवासी जनजातिको अधिकार, ज्ञान र सहभागिता सुनिश्चित गर्न आह्वान गर्दै अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनले आदिवासी जनजातिहरूको आफ्नो भूमि, वन, जल र प्राकृतिक स्रोतमाथि रहेको पुख्र्यौली अधिकार, सामूहिक स्वामित्व र नियन्त्रणलाई पूर्ण रूपमा मान्यता दिनु पर्नेेमा जोड दिएको छ । 
अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरबाट प्रवाहित हुने जलवायु कोष र हानी–नोक्सानी कोषमा आदिवासी समुदायहरूको प्रत्यक्ष र पारदर्शी वितरण हुनु पर्नेमा सम्मलनको आवाज रहेको छ । 
सम्मेलनले आफ्नो थातथलो छाड्न बाध्य पारिएका वा आफ्ना पुख्र्यौली भूमि र संस्कृति गुमाएका आदिवासीहरूको पहिचान, संस्कृति र भाषाको संरक्षणसहितको पुनःस्थापनाको व्यवस्था गरिनुपर्ने तर्फ सम्मेलनले ध्यानाकर्षण गराएकोछ । 
अन्तराष्ट्रिाय मातृभाषा पत्रकारिता सम्मेलनले आदिवासी समुदायले अभ्यास गर्दै आएका वन व्यवस्थापन परम्परालाई ग्राह्यता दिनुपर्ने, आदिवासीको  थातथलोभित्र पर्ने वन क्षेत्रमा गरिने कुनै पनि व्यावसायिक वन पैदावार संकलन, संरक्षण क्षेत्र विस्तार वा कार्बन व्यापारसम्बन्धी परियोजनाहरू लागू गर्नुअघि अनिवार्य रुपमा सम्बन्धित आदिवासी समुदायको स्वतन्त्र, अग्रिम जानकारी सहितको मन्जुरी लिन पनि आग्रह गरेको छ । 

अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरबाट प्रवाहित हुने जलवायु कोष र हानी–नोक्सानी कोषमा आदिवासी समुदायहरूको प्रत्यक्ष र पारदर्शी वितरण हुनु पर्नेमा सम्मलनको आवाज रहेको छ । 
सम्मेलनले आफ्नो थातथलो छाड्न बाध्य पारिएका वा आफ्ना पुख्र्यौली भूमि र संस्कृति गुमाएका आदिवासीहरूको पहिचान, संस्कृति र भाषाको संरक्षणसहितको पुनःस्थापनाको व्यवस्था गरिनुपर्ने तर्फ सम्मेलनले ध्यानाकर्षण गराएकोछ । 
 


मातृभाषाको संरक्षण एवं ब्यापकताका लागि मातृभाषाको माध्यमबाट शिक्षा तथा मातृभाषा शिक्षा नीतिमा परिवर्तन हुनु पर्ने घोषाणापत्रमा उल्ल्ेख छ । 
विश्वमा भइरहेको भाषिक, धार्मिक, सांस्कृतिक द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै सबै मुलुकहरुमा पूर्ण समावेशीता, समानुपातिक व्यवस्था, धर्म निरपेक्षता, स्वायत्तता, विशेष क्षेत्र, संरक्षित क्षेत्रको कार्यान्वयनओ माग गरिएको छ । 


विविध विषयको प्यानल छलफल 
सम्मेलनका क्रममा विज्ञहरुबीचको प्यानल छलफलको मोडल अपनाइएको थियो । सम्मेलनका दौरानमा दर्जन बढि प्यानल छलफल भएका थिए । 
समापनका कार्यक्रम अघि आयोजित “मातृभाष पत्रकारिताको सवाल र नीतिगत पहल” विषयको प्यानल छलफलकाक्रममा मातृभाषा पत्रकारितालाई सशक्त बनाउन नीतिगत पहल आवश्यक रहेको बताइएको थियो । 
प्यानल छलफलमा विज्ञ डा.मुक्तसिंह लामा, सञ्चार तथा पत्रकारिता विज्ञ घमराज लुइँटेल, बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटा, नेवा देय् दवुकी अध्यक्ष रश्मिला प्रजापतिले नेपालमा मातृभाषामा हुने पत्रकारिताको अवस्था, यसको विकासका लागि आवश्यक नीति तथा राज्यको भूमिका, सञ्चारमाध्यमले भोगिरहेका चुनौती र मातृभाषी समुदायको सञ्चार अधिकारका विषयमा बहस गर्नु भएको थियो । 
प्यानलका वक्ताहरूले मातृभाषा पत्रकारितालाई संरक्षण र प्रवद्र्धन गर्न स्पष्ट तथा प्रभावकारी नीति आवश्यक रहेको बताउनु भएको थियो । मातृभाषामा सूचना तथा सञ्चारको पहुँच सुनिश्चित गर्नु भाषिक अधिकारसँगै समुदायको पहिचान, संस्कृति र सहभागितासँग जोडिएको विषय भएको उहाँहरूको भनाइ थियो ।  
त्यस्तै, मातृभाषाका सञ्चारमाध्यमलाई संस्थागत रूपमा सबल बनाउन राज्यका नीति तथा कार्यक्रम प्रभावकारी हुनुपर्नेमा पनि उहाँहरुले जोड दिनु भएको थियो । मातृभाषामा पत्रकारिता गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई आवश्यक स्रोत, अवसर र प्रोत्साहन उपलब्ध गराउनुपर्ने विषय पनि छलफलका क्रममा उठाइएको थियो । सो प्यानल छलफल जेन्जी अभियन्ता सवनम लामाले सञ्चालन गर्नू भएको थियो ।
आदिवासी जनजातिप्रति राज्यको दृष्टिकोण शीर्षकको उच्चस्तरीय नीतिगत बहस छलफलमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, थारु आयोगका कावा अध्यक्ष सुवोध सिंङ थारु,  नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नीमा हेयोल्मो लामा,  नेपालका आदिवासीहरुको मानवअधिकारसम्बन्धी  वकिल समूह (लाहुर्निप)का अध्यक्ष दिनेश घले, राष्ट्रि आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शोभा सुनुवार आदिवासी जनजाति सांसदहरु (सुरेन्द्र चौधरी, सुहाङ नेम्वाङ, निश्कल राई) र सहजकर्ता उजित मगर रहनु भएको थियो ।
 यसैगरी अर्को सत्रमा विश्वमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल विषयमा पुष्कर भक्त माथेमा, गजुरधन राई र इन्डिजिनियस टेलिभिजनका अध्यक्ष देव कुमार सुनुवार, डा. रघु मैनाली, सन्त गाहा, विमला तुम्खेवा, अरुणा जोशी, सभएको थियो मेतले बोल्नु भयको थियो । 

वरिष्ठ पत्रकार डण्ड गुरुङ र सञ्चारिकाकी पूर्व अध्यक्ष विमला तुम्खेवालाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो भने    नेपाल भाषामा प्रकासित लहना पत्रिकालाई फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान गरिएको थियो । त्यसै गरी तीर्थमान बल, अविनाश चौधरीलाई फोनिज राष्टिय पत्रकारिता  पुरस्कारबाट पुरस्कृत  गरिएको थियो । 

 


 मिडियामा आदिवासी तथा अपाङ्गता भएका महिला र व्यक्तिहरूको मुद्दामा मातृभाषा पत्रकारिताको भूमिका विषयको सम्वादमा  किरण बराम, डा. सुरेश तामाङ, साधना लिम्बु,  नवराज पुडासैनी, प्रतिमा गुरुङ समेत छलफलमा सहभागि हुनु भयको थियो ने  सहजकर्ता अमरध्वज लामा रहनु भयको थियो ।
 त्यसैगरी आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान सन्दर्भ, वनसँगको सम्बन्धमा मातृभाषा पत्रकारिताको भूमिका विषयममा डा. लक्ष्मण गुरुङ, रेशम गुरुङले बोल्नु भयको थियो 
सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता विषयको अर्को छलफलमा कुमार विवेकानन्द , अनिता गुरुङ, डा. तारामणि राई, अमृत योञ्जन, अजितमान तामाङ र  पुष्पहरी क्याम्पा राई सहभागि रहनु भयको थियो ।  

फोनिज पुरस्कार प्रदान 
तीन दिनसम्म चलेको सम्मेलन समापन समारोहमा काठमाण्डौं महानगरपालिकाकी कावा प्रमूख सुनिता डंगोलले मातृभाषा पत्रकारितामा विशेष योगदान पु¥र्याएका मातृभाषामा पत्रकारिता गर्ने पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
सो अवसरमा वरिष्ठ पत्रकार डण्ड गुरुङ र सञ्चारिकाकी पूर्व अध्यक्ष विमला तुम्खेवालाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो भने    नेपाल भाषामा प्रकासित लहना पत्रिकालाई फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान गरिएको थियो । त्यसै गरी तीर्थमान बल, अविनाश चौधरीलाई फोनिज राष्टिय पत्रकारिता  पुरस्कारबाट पुरस्कृत  गरिएको थियो । 
सो अवसरमा आफनो मन्तव्य राख्नु हुँदै  काठमाण्डौं महानगरकी कावा प्रमूख सुनिता डंगोलले मातृभाषाको पत्रकारिता लोकतन्त्रसँग जोडिएको भनाई राख्नु भयो । 
मातृभाषा परम्परागत साँस्कृतिक आस्थासँग जोडिएको विषय भयकोले महत्वपूण भएको उल्लेख गर्दै यसको सवलिकरणको सवाल कुनै जाति विशेषको मात्र नभएर विश्वब्यापी सरोकारको विषय भएको बताउनु भयो । उहाँले थप्नु भयो –‘मातृभाषाको पत्रकारिता भाषमामात्र सिमित हुनुहँदैन लिपिको प्रयोग गर्न आवश्यक छ ।’ 
 समापनका अवसरमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्योल्मोले समय सापेक्ष मातृभाषा पत्रकारिता सम्मेलन आयोजना भएकोमा सन्तोष व्यक्त गर्दै  संविधानले सुनिश्चिता गरेको अधिकार कार्यन्वयन हुनु पर्नेमा जोड दिनु भयो । 
प्रेस काउन्सील नेपालका प्रशासकीइ अधिकृत झविन्द्र भुषाल, मधेशप्रदेशका पूर्व मन्त्री राजकुमार लेखी, फोनिजका पूर्व अध्यक्ष डण्ड गुरुङ, गजुरधन राई, सञ्चारिक समूहकी पूर्व अध्यक्ष विमला तुम्खेवा, प्रेस युनियनका केवी राना, प्रेस सेन्टरका मनोज घर्ती मगरलगायत शुभकामना मन्तव्इ राख्नु भएको थियो ।
अध्यक्षको आसनबाट फोनिजका अध्यक्ष लक्की चौधरीले  मातृभाषी पत्रकारहरु समुदायको सम्पर्कमा रहने   भएकाले यसको महत्व बुझनु पर्ने बताउनु भयो । 


 

प्रतिक्रिया