प्रधानमन्त्री शाहलाई आदिवासी आयोगको पत्र, सिफारिस कार्यन्वयनको जानकारी दिन अनुरोध

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ साउन २०८३, मङ्गलवार
प्रधानमन्त्री शाहलाई आदिवासी आयोगको पत्र, सिफारिस कार्यन्वयनको जानकारी दिन अनुरोध

संंवैधानिक निकाय आदिवासी जनजाति आयोगले प्रधानमन्त्री बालेन्द्र शाहलाई एक पत्र पठाउँदै आयोगले गरेको सिफारिस कार्यन्वयनको अवस्था जानकारी गराउन आग्रह गरेको छ ।

आयोगले हरेक बर्ष राष्ट्रपति  समक्ष  पाँचवटा बार्षिक प्रतिबेदन मार्फत  ८४ वटा सिफारिस पेश भएको जानकारी गराउँदै सो सिफारिस कार्यन्वयनको अवस्था जानकारी गराउन अनुरोध गरेको छ ।

९० प्रतिशत सिफारिस कार्यन्वयन नहुँदा आयोगको प्रभावकारिता र आयोगप्रति सरकारको दृष्टिकोणमा सम्बन्धीत निकाय र समुदायले गुनासो गर्न थालेको उल्लेख छ

आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रधानमन्त्रीलाई सम्बोधन गर्दे पठाउनुभएको पत्रमा आयोगको सिफारिस १० प्रतिशत मात्र कार्यन्वयन नभएको र ९० प्रतिशत सिफारिस कार्यन्वयन नहुँदा आयोगको प्रभावकारिता र आयोगप्रति सरकारको दृष्टिकोणमा सम्बन्धीत निकाय र समुदायले गुनासो गर्न थालेको उल्लेख छ ।

आदिवासी जनजाति आयोग आदिवासी जनजाति समुदायको हक हित संरक्षण र शसक्तिकरणका लागि नीति कार्यक्रम तर्जूमा गरी कार्यन्वयनका लागि सरकारलाई सिफारिस  गर्ने दायित्व सहित संबैधानिक व्यबस्था गरिएको छ । आयोगको काम कर्तव्य र अधिकार आदिवासी आयोग ऐन, २०७४ले व्यबस्थित गरेको छ ।

आयोगले आदिवासी जनजातिको अधिकार र दीगो विकास कार्ययोजना,  आदिवासी जनजाति समुदायको थर सूचिकरण अध्ययन प्रतिबेदन, २०८०, अन्तराष्टिय आदिवासी भाषा दशक कार्यन्वयन  कार्ययोजना, काठमाडौ तराई मधेश द्रुतमार्ग अध्ययन २०८२, जुगी समुदायको बसोबास समस्या समाधान प्रतिबेदन, २०८२, र आदिवासी जनजाति नमुना साँस्कृतिक सम्पदा गाउँ छनौट र जातीय खुल्ला जीवन्त संग्राहलय स्थापना तथा सञ्चालन सम्बन्धी नमूना कार्यविधि २०७९ लगायत सरकारलाई कार्यन्वयनका लागि पठाइ सकेको स्मरण गराएको छ ।

ती सिफारिस कायन्वयन नहुँदा प्रश्न उठ्ने गरेको भन्दै आयोगको सिफारिसको अवस्था जानकारी माँग गर्ने निर्णय बैठकबाट भएको पत्रमा उल्ल्ेख छ ।

 

प्रतिक्रिया