सम्तेन मेमोरियलले घोषणा गर्यो छात्रवृत्ति कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई विशेष अवसर

Admin
Admin९ असार २०८३, मङ्गलवार
सम्तेन मेमोरियलले घोषणा गर्यो छात्रवृत्ति कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई विशेष अवसर

बुढानीलकण्ठ नगरपालिका–११, कपनस्थित सम्तेन मेमोरियल एजुकेशनल एकेडेमी तथा कलेजले शैक्षिक उत्कृष्टता, प्रतिभा विकास तथा सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विधामा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।
विद्यालय व्यवस्थापनका अनुसार हालै एसईई तथा कक्षा १२ उत्तीर्ण गरी सम्तेनबाट स्नातक भएका विद्यार्थी, जिल्ला तथा बुढानीलकण्ठ क्षेत्रका विद्यालय टपर, शहीद परिवारका सन्तति, खेलकुद, संगीत, नृत्य लगायतका क्षेत्रमा उत्कृष्ट प्रतिभा प्रदर्शन गर्ने विद्यार्थी तथा आर्थिक रूपमा विपन्न तर अध्ययनमा उत्कृष्ट र योग्य विद्यार्थीहरूलाई विशेष छात्रवृत्ति प्रदान गरिने छ।

छात्रवृत्ति कार्यक्रमको आर्थिक सहयोग तथा प्रायोजन टिबेटन हस्तकला उद्योग र पेपर प्रालिले गरेका छन्। दुवै संस्थाले शिक्षा क्षेत्रमा सामाजिक योगदान पुर्याउने उद्देश्यले सम्तेन मेमोरियलसँग सहकार्य गर्दै छात्रवृत्ति कोष स्थापना गरेका हुन्। छात्रवृत्तिद्धारा मासिक शुल्कको  सतप्रतिषत रकम व्यहोरीनेछ साथै एघार व्यवस्थापन तहमा कम्प्युटर विज्ञान र होटल व्यवस्थापन गर्न चाहने वि र्थीहरुक लागि छात्रवृत्ति उपलब्ध रहेको सन्तेन मेमोरियल एजुकेशनका फाउन्डर  नीमा शेपाले बताउनु भयो ।

यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले आफ्नो क्षमता, उपलब्धि र आवश्यकताका आधारमा विभिन्न प्रतिशतसम्मको शुल्क छुट तथा शैक्षिक सहयोग प्राप्त गर्ने विद्यालयले जनाएको छ। विद्यालयले यस कार्यक्रममार्फत योग्य तथा मेहनती विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

विद्यालयका प्राचार्यले शिक्षा सबैको पहुँचमा पुग्नुपर्ने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई अझ बढी मेहनत गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, शैक्षिक उत्कृष्टतासँगै खेलकुद, कला र संस्कृतिमा प्रतिभाशाली विद्यार्थीलाई पनि प्रोत्साहन गरिने उहाँले बताउनुभयोे।
सम्तेन मेमोरियल एजुकेशनल एकेडेमी बुढानीलकण्ठ–११, कपनमा अवस्थित निजी शैक्षिक संस्था हो, जहाँ नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनको व्यवस्था रहेको छ।
विद्यालयले इच्छुक विद्यार्थी तथा अभिभावकलाई छात्रवृत्तिसम्बन्धी थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्न अनुरोध गरेको छ।
 

प्रतिक्रिया