तामाङ भाषा अनुवाद गर्ने यान्त्रिक प्रविधि सार्वजनिक, गुगलमा सूचिकृत हुने अपेक्षा

Admin
Admin२ असार २०८३, मङ्गलवार
तामाङ भाषा अनुवाद गर्ने यान्त्रिक प्रविधि सार्वजनिक, गुगलमा सूचिकत हुने अपेक्षा


नेपाली, तामाङ र अंग्रेजी भाषामा अनुवाद गर्ने त्रैभाषिक यान्त्रिक अनुवाद (मसिन ट्रान्सलेसन) प्रणालीको ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । काठमाडौं विश्वविद्यालयले गुगल एकेडेमिक रिसर्च अवार्डको सहयोगमा विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले यो प्रणाली तयार पारेको हो । 
परियोजनामा तामाङ राष्ट्रिय पुस्तकालय र त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभागले सहकार्य गरेका थिए । भाषाको अनुवाद भने तामाङ डाजाङका सम्पादक इन्द्र तामाङले गर्नु भएको हो । 
विश्वविद्यालयका प्राध्यापक एवं प्रयोगशलाका प्रमुख अनुसन्धानकर्ता डा. बालकृष्ण बलले कार्यक्रममा जानकारी दिए अनुसार नेपाली, तामाङ र अंग्रेजी भाषाका एक लाखभन्दा बढी समानान्तर वाक्यहरू संकलन गरी यो प्रणाली तयार गरिएको हो ।
 डा. बलका अनुसार यस प्रणालीले इन्टरनेटमा रहेको विवरणलाई तामाङ भाषामा अनुवाद गर्न सघाउने  छ । अनुवाद प्रणालीमा हाल कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र आम सञ्चारका सामग्रीमा मोडललाई ट्रेनिङ गराइएको छ । क्रमशः कानुनी र अन्य डोमेनमा पनि गराउने योजना रहेको जानकारी दिदै उहाँले सरकारी सेवा र समुदायबीचको सञ्चारमा सेतुको काम गर्ने विश्वाश व्यक्त गर्नु भयो । 
यसलाई प्रयोगशालामा मात्र सिमित नराखेर समुदायस्तरमा पु¥याउने र उपयोगी माध्यम बनाउने लक्ष्य लिइएको प्राध्यापक बलको भनाइ छ । हाल यो प्रणाली क्रोम र फायरफक्स ब्राउजरमार्फत चलाउन सकिन्छ । 
‘तामाङ भाषा बोल्ने १४ लाखभन्दा बढी जनसंख्या भए पनि इन्टरनेटमा उपलब्ध अधिकांश ज्ञान अंग्रेजी वा नेपालीमा मात्र सिमित छ,’ प्राध्यापक बलले भन्नु भयो ‘तामाङ समुदायलाई त्यो ज्ञानको भण्डारसम्म पहुँच पुर्याउन  र उनीहरूको मौलिक संस्कृति तथा परम्परालाई अन्य भाषामा फैलाउन यो प्रणालीले सहयोग गर्नेछ ।’
यो प्रणाली निर्माणमा आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरिएको छ । यसका लागि मेटा एआईको ‘एनएलएलबी–२००’ मोडललाई नेपाली र तामाङ डेटामा समायोजन गरिएको  छ । तामाङ भाषालाई निकट भविष्यमै गुगल ट्रान्सलेटमा समेत समावेश गराउने पहल भइरहेको प्राध्यापक बलले जानकारी दिनुभयो । ब्राउजर एक्स्टेन्सनमार्फत इन्टरनेटका वेबसाइटलाई तामाङ भाषामा पढ्न सकिने सुविधा यसमा हुन्छ ।

 
भाषाविद् अमृत योञ्जन तामाङले तामाङ भाषा डिजिटाइज हुनु नेपाली मातृभाषाहरूका लागि खुसीको कुरा भएको बताउनु भयो ।  ‘सर्वसाधारणले अब कानुनी मिसिलजस्ता जटिल सामग्री पनि आफ्नै भाषामा अनुवाद गरेर बुझ्न सक्छन्,’ उहाँले भन्नु भयो ‘यस परियोजनाका लागि हाम्रा प्राविधिक र तामाङ भाषा पुस्तकालयको टोलीले ११ महिनासम्म निरन्तर सक्रिय रहेर काम गरेका थियौँ ।’ 


 भाषाविद् तामाङले तामाङहरुले लिपीमा अल्झनु पर्ने अवस्था नरहेको पनि सो अवसरमा दावी गर्नू भयो । प्रधानमन्त्रीको कार्यलयबाट समेत चासो व्यक्त भएको हुँदा भाषाको प्रयोग शासन प्रणालीमा पनि जाने आसा व्यक्त गर्नु भयो । 
भाषाविद् प्राध्यापक डा. माधव प्रसाद पोखरेलले तामाङ भाषाको त्रैभाषिक यान्त्रिक अनुवाद प्रणाली द्मयालबाट देखिएको जिराफजस्तो मात्र भएकोउपमा दिनु हुँदे अरु थुप्रै काम हुन बाँकी रहेको धारणा राख्नु भयो । 
भाषा अनुवाद गर्ने यान्त्रिक प्रणालीको विकास गर्नू हुने बालकृष्ण बल ले आफनो समूदायका लागि पितृ ऋण तिरेको चर्चा गर्दै भाषामा काम गर्ने अमृत योन्जन तामाङको चौवाटोमा शालिक राखेर भावी पुस्ताले स्मरण गर्ने बताउनु भयो । 
प्राडा. पोखरेलले तामाङ भाषाको यान्त्रिक अनुवादले तामाङ लवजलाई भने सम्बोधन गर्न नसकेको टिप्प्पणी गर्नु भयो । काठमाडौं विश्वविद्यायका प्राध्यापक मनिष भट्टराईले यो परियोजना अनुवाद प्रणालीको विकासमा मात्रै सिमित नरहेर यसले सम्पूर्ण समुदाय र देशलाई नै सकारात्मक सन्देश दिएको धारणा राख्नु भयो । 
परियोजनाका सहसंयोजक बलराम प्रासाईको सभापतित्वमा भएको कार्यक्रममा डा. प्रकाश पौडेल लगायतले भाषाको अनुवाल पद्धतिबारे चर्चा गर्नू भएको थियो । भाषाको अनुवाद भने तामाङ डाजाङका सम्पादक इन्द्र तामाङ लगायतका टिमले गर्नू भएको हो । 

प्रतिक्रिया