जलवायु परिवर्तन सम्बन्धी पाँचदिने प्रशिक्षण सम्पन्न, आदिवासी ज्ञान बारे विशेष चासो

Admin
Admin५ जेठ २०८३, मङ्गलवार
जलवायु परिवर्तन सम्बन्धी पाँचदिने प्रशिक्षण सम्पन्न, आदिवासी ज्ञान बारे विशेष चासो

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ–नेपाल (निडवान)कोे आयोजनामा जलवायु परिवर्तन सम्बन्धी पाँचदिने प्रशिक्षण  कार्यक्रम सम्पन्न भएको छ । 
अपाङगता, समावेशी, जलवायू कार्य तथा स्थानीयकरण विषयक आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रम जेष्ठ २ गते शुरु भएको थियो । 


सातै प्रदेशका अपाङगता भएका  आदिवासी महिलाहरूको सहभागिता रहेको सो कार्यक्रमामा जलवायू परिवर्तन र त्यसका असरबारे आधारभूत ज्ञान निर्माण, प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति सँग परिचित गराउने, र वकालतका लागि व्यावहारिक ज्ञान उपलब्ध गराउने उद्देश्य राखिएको निडवानका अध्यक्ष प्रतिमा गुरुङले बताउनु भयो । 


प्रशिक्षा कार्यक्रमको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले गर्नू भएको थियो । उद्घाटनंंंंंंंंंंंंं कार्यक्रममा  लेकवेशी नगरपालिका सदस्य जानकी पुन मगर, जलवायू कार्य सञ्जाल दक्षिण एशिया अध्यक्ष कञ्चन मणि दीक्षित, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष आङपासाङ शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष शोभा सुनुवार,(निडवान)का प्राविधिक सल्लाहकार तथा अपाङ्गविज्ञ कृष्ण गहतराज लगायत हुनुहुन्थ्यो । 

प्रशिक्षणमा कुमार यात्रु तामाङले आदिवासी जनजाति र जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । उहाँले  आविासीको प्राजनित संस्था, भूमि र भूभागको अधिकार तथा सामुदायिक प्रलेख बारे बिशेष प्रवचन दिनु भएको थियो । 


प्रशिक्षण कार्यक्रममा जलवायु परिवर्तनको असरले महिला, आदिवासी, अपाङ्गता भएका व्यक्तिहरू र अन्य सीमान्तकृत समुदाय अझ बढी जोखिममा परेको हुँदा नेपालमा थप अनुसन्धान, बहस, छलफल सचेतना बढाउन सरोकारवाला निकायहरू बिच कार्यक्रमलाई साझा मुद्दाको रुपमा अगाडि बढाउनु पर्नेमा वक्ताहरुले जोड दिएकाथिए । 


 गुरुङ्गका अनुसार पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सचेतना अभिवृद्धि कार्यक्रमले जलावयु परिवर्तनबाट अपागता भएका आदिवासी को सवाल र नीति सम्बन्धी बुझाइ, पहुँचयुक्त सूचना सम्बन्धी अवरोधहरू, तथ्याङ्क, प्रमाण र जागरूकताको अभावको सामना गरिरहेको बेला क्षमताको विकासमा सहयोग पुग्ने रहेको छ ।
प्रशिक्षणमा कुमार यात्रु तामाङले आदिवासी जनजाति र जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । उहाँले  आविासीको प्राजनित संस्था, भूमि र भूभागको अधिकार तथा सामुदायिक प्रलेख बारे बिशेष प्रवचन दिनु भएको थियो । 


 

प्रतिक्रिया