थामी विद्यार्थी संघको संगठन बिस्तार

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१९ साउन २०७२, मङ्गलवार
सदस्य चयनभएपछि शपथ ग्रहण खाँदै

सिन्धुपाल्चोक

नेपाल थामी विद्यार्थी संघ गाउँ तहमा समेत बिस्तार हुन थालेको छ । यसै क्रममा सोनिराम गुमरा थामीको अध्यक्षतामा ९ सदस्यीय सिन्धुपाल्चोकको धुस्कुन गाउँ समिति चयन भएको छ ।
साउन १७ गते सेतीदेवी प्राथमिक विद्यालयमा एक भेला गरी चयन भएको कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्ष यमुना थामी, सचिव तिर्खल पोच्यो थामी, सहसचिव रञ्जिता गुमरा थामी, कोषाध्यक्ष नवराज थोलाई थामी रहेका छन् । त्यस्तै, सदस्यमा शम्भु थामी, अञ्जली थामी, विवश थामी, राजेन्द्र थामी सर्वसम्मत चयन भएका छन् ।

सोही अवसरमा नेपाल थामी विद्यार्थी संघ, केन्द्रिय कार्यालयले सेतीदेवी प्राथमिक विद्यालयका भूकम्प पीडित विद्यार्थीहरुलाई स्टेशनरी तथा राहत वितरण समेत गरेको थियो ।

 

 

प्रतिक्रिया