नेपाल शेर्पा विद्यार्थी संघको १५औँ राष्ट्रिय महाधिवेशनबाट इन्जिनियर आङ निमा शेर्पा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न महाधिवेशनबाट इन्जिनियर शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कर्मा छिरिङ शेर्पा निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षहरूमा नुर्बु शेर्पा, तेन्जी शेर्पा, ल्हाक्पा पासाङ शेर्पा, ल्हाक्पा गेलु शेर्पा, फुर्वा शेर्पा, टाशी शेर्पा र निम्पाल्देन शेर्पा निर्वाचित हुनुभएको छ ।
महासचिवमा पेमा दोर्जे शेर्पा कोषाध्यक्षमा फुडोमा शेर्पा निर्वाचित हुनुभएको छ । सचिव पदमा फुरी शेर्पा, छोटी शेर्पा, लमदिकी शेर्पा, निमा वाङ्जु शेर्पा, दाल्हमु शेर्पा र पेमा खेन्डु शेर्पा निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा पाँचथरबाट दाछेकी शेर्पा, खोटाङबाट छेम्जी शेर्पा, सोलुखुम्बुबाट छोङदोर्जी शेर्पा, दोलखाबाट दिक्षेन डोमा शेर्पा, इलामबाट पासाङ दिकी शेर्पा र दाहिसी शेर्पा, सिन्धुपाल्चोकबाट निमा तेन्जिन शेर्पा, तेननुर्बु शेर्पा र पेम्बा छिरिङ शेर्पा, ओखलढुंगाबाट निमी शेर्पा, रामेछापबाट पास्निमा
शेर्पा, काठमाडौंबाट लक्ष्मी शेर्पा र तेन्जेन फिन्जो शेर्पा तथा ताप्लेजुङबाट विमल शेर्पा र मिङमा दिकी शेर्पा सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
महाधिवेशनको उद्घाटन सत्र राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा सम्बोधन गर्दै उहाँले शेर्पा विद्यार्थीहरू एकजुट भएर समुदायको हित, शिक्षा र भविष्यको नेतृत्व विकासतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शेर्पा विद्यार्थीहरू फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष फुर्वा छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष ल्हाक्पा ठिलेन शेर्पा, संविधान सभा सदस्य आङदावा शेर्पा, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पालगायत विभिन्न शेर्पा संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । साथै संघका १७ जिल्लाका शाखा प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।









