नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथन सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ मंसिर २०८२, सोमवार
नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथन सम्पन्न

नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । यसैसाता  काठमाडौंमा आयोजित खुल्ला राष्ट्रिय ईनलाइन स्टेट मराथुन सम्पन्न भएको हो । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कले सयौं स्केटरको सहभागितामा सुन्दरीजल–आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिका तालिन्चोकस्थित द स्केटल्याण्ड पार्कसम्म करिब ५ किलोमिटर दुरीमा प्रतियोगिता आयोजना गरेका थिए।

प्रतियोगितामा नेपाल, भारत, मलेसिया र दुबै लगायतका देशबाट झण्डै एक सयभन्दा बढी स्केटर सहभागी भएका थिए । पुरुषतर्फ नेपालका साम्देन गेल्बु शेर्पाले पहिलो स्थान हासिल गर्नुभएको छ भने अनिश गुरुङ दोस्रो र सफल थापा तेस्रो स्थान हासिल गर्नुुभएको छ । 

महिलातर्फ पनि नेपालकै खेलाडी उत्कृष्ट हुनुभएको छ । निमीशा पाख्रीन पहिलो, मोनिका मगर दोस्रो र सिवानी रेग्मी तेस्रो स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा भारतबाट पाँच जना दृष्टिविहिन स्केटरहरू सहभागी भएका थिए।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ प्रमुख अतिथि र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल विशेष अतिथि रहनुभएको थियो। पहिलोपटक आयोजना गरिएको  स्केट म्याराथन देश–विदेशबाट सहभागी भइ ऐतिहासिक र सफल बनेको द स्केटल्याण्डका सञ्चालक अब्राहम कुलुङ राईले बताउनुभयो।

 

प्रतिक्रिया