आदिवासी जनजाति समन्वय समिति गठन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० साउन २०७२, आइतवार
आदिवासी जनजाति समन्वय समिति गठन


चितवन

खैरहनी नगरपालिकाभित्र रहेका आदिवासी जनजातिहरूको एक भेलाले नारायण प्रसाद महतोको अध्यक्षतामा १३ सदस्यीय आदिवासी जनजाति समन्वय समिति गठन गरेको छ । साउन ९ गते भएको आदिवासी जनजातिहरूको प्रारम्भिक भेलाबाट उक्त समिति गठन गरिएको हो ।

खैरहनी नगरपालिकाले आदिवासी जनजातिका लागि विनियोजन गरेको बजेटको उचित सदुपयोग र अनुगमनका लागि समिति गठन गरिएको जनाइएको छ । समितिको उपाध्यक्षमा जगत बहादुर रानामगर, सचिवमा रत्न बहादुर घिसिङ्ग, सहसचिवमा धन बहादुर दराई, सदस्यहरूमा किसान बहादुर गुरुङ्ग, मुनेश्वरलाल चौधरी, मैतसिंह घिसिङ्ग, आनन्द दराइ, धनबहादुर गुरुङ्ग, लोक बहादुर आले, मनेजर महतो लगायत सर्वसम्मत ढंगले छनोट भएका छन् । कोषाध्यक्ष र महिला सदस्यहरूका लागि पछि थप गर्ने गरी पद खाली राखिएको छ ।

खैरहनी नगरपालिकाको सभाकक्षमा भएको प्रारम्भिक भेलामा उपस्थित ज्येष्ठ सदस्य किसानबहादुर गुरुङ्गको अध्यक्षतामा भेला कार्यक्रम सम्पन्न भएको थियो । भेलामा खैरहनी नगरपालिकाका दलीय संयन्त्रका सदस्य टिकेन्द्र चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद कृष्णलाल चौधरी, तामाङ्ग विद्यार्थी घेदुङ्गका केन्द्रिय उपाध्यक्ष ढलककुमार लामा, थारू पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो, सहिद लखन थापा मगर संघका झलक थापामगरले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया