तमुवानको माग गर्दै तमु ल्होसार सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ पुष २०७१, शुक्रवार
तमुवानको माग गर्दै तमु ल्होसार सम्पन्न

गुरुङ तमुहरुले तमु ल्होसार ‘तमुवान प्रदेशसहितको समावेशी संघीय संविधान’ भन्ने मूल नाराका विभिन्न कार्यक्रम गरि मनाएका छन् । घोडा वर्षलाई बिधाइ गरी तमुवान प्राप्तिको प्रण गदै नयाँ वर्ष अर्थात ल्हु ल्हो (भेडा वर्ग)को तमुहरुले भब्य स्वागत गरेका हुन् । काठमण्डौंमा रहेका तमुहरुले टुँडिखेलमा हजारौंको संख्यामा उपस्थिती भएर तिनेदिने विभिन्न कार्यक्रम आयोजना गर्यो ।

राजनैतिक दलका नेताहरु, आदिवासि जनजाति नेता तथा समाजिक संघसंस्थाका अगुवा सहित हजारौंको सर्वसाधरण तमुलगायतको उपस्थितीमा ल्होसार महोत्सवलाई आन्दोलनका रुपमा मनाइयो । प्रधानमन्त्रि शुशिल कोइरालाको प्रमुख आतिथ्यमा भएको ल्होसार समारोहमा आदिवासी जनजाति अगुवा पद्मरत्न तुलाधर, तमु गुरुङ नेता तथा अगुवाहरुले पचिानसहितको संघियतामा तमुवान स्वायत्त प्रदेश शुनिश्चित नभए सम्म नयाँ वर्षलाई उल्लासको रुपमा नभइ आन्दोलनका रुपमा मनाउन बाध्य भएको बताएका थिए । ल्होसार मुल समारोह समितीका संयोजक टेकबहादुर गुरुङले टुँडिखेलमा उत्रिएको तमुहरुको मानवसागरले तमुहरुको एकता प्रर्दशन गरेको र तवुवान प्राप्तिको आन्दानेलाई बलिो बनाउन सहयोग पुगेको बताउनुभयो ।

टुँडिखेलमा समारोह हुनु अघि बृहत झाँकिसहितको र्यालीले शहर परिक्रममा गरेको थियो । तमुवान क्षेत्र र अन्यत्र बसोबास गर्ने तमुहरुले मिठामिठा परिकार खाने, शुभकामना आदान—प्रदान तथा आफन्तजनसंगको भेटघाट गरि घरघरमा र सामुहिक रुपमा मनाएका छन् । हरेक वर्ष पुष १५ गतेका दिनलाई तमुहरुलले नयाँ वर्ष अर्थात ल्होसारको रुपमा मनाउँदै आएका छन् । ल्होसारलाई नेपाल सरकारले २०६४ देखि राष्ट्रिय पर्वको रुपमा मान्यता दिइ सार्वजनिक विदा दिदै आएको आएको छ ।

Gurung

ल्होसारको अर्थ

‘ल्हो’को अर्थ वर्ष अथवा वर्ष हो भने सारको अर्थ नयाँ हो । कसैले ल्होसार भन्ने गर्दछन भने कसैले ल्होछार भन्ने गर्दछन् । दुवैको अर्थ नयाँ हो । गुरुङहरुले पुष १५ गतेलाई तमु ल्होसारभनेर मनाउादै आएका छन् भने तामाङहरुले माघ शुक्ला प्रतिपदाको तिथीलाई ल्होछार भनोर मनाउने गर्दछन् । विज्ञहरुका अनुसार विश्वभरि अहिले तीनथरी तिन ल्होसार मनाइन्छ । तामाङहरुले मनाउने सोनाम ल्होछारहो भने शर्पा लगायतका हिमाली भेगका आदिवासी समुदायले ग्याल्बो ल्होछार मनाउने गर्दछन् ।

 

 

Photo Curtesy: Arjun Jumreli

 

प्रतिक्रिया