नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्ष पदमा फुर्वा ग्याल्जेन शेर्पाको उम्मेद्वारी घोषणा

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ साउन २०८२, मङ्गलवार
नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्ष पदमा फुर्वा ग्याल्जेन शेर्पाको उम्मेद्वारी घोषणा

नेपाल पर्वतारोहण संघ (एनएमए)को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । 

मङ्गलबार एक पत्रकार सम्मेलनको आयोजना आगामी २०८२ साल भदौं ७ मा सम्पन्न हुन लागेको निर्वाचनमा शेर्पाले उम्मेद्धारी घोषणा गर्नुभएको हो ।

लाजिम्पाटस्थित आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै शेर्पाले पर्यटन क्षेत्रको सुदृढिकरण, नीतिगत तहमा सवलीकरण र पर्यटन क्षेत्रमा आबद्ध पर्यटन व्यवसायीहरुको उत्थानको लागि आफ्नो उम्मेद्धवारी आवश्यक भएको भनाई राख्नुभयो । 

सोलुखुम्बुमा जन्मिनु भएका शेर्पा नेपाल वायूसेवा निगमको सञ्चालक समिति, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को कार्यसमितिमा सदस्य, महासचिव हुँदै उपाध्यक्ष भएर काम गरिसक्नु भएका उहाँले नेपाल पर्वतारोहण संघमा समेत एक कार्यकाल कार्यसमितिमा बसेर जिम्मेवारी वहन गरिसक्नुभएको छ । उहाँले पर्यटन व्यवसायको साथै सामाजिक सेवामासमेत महत्वपूर्ण योगदान छ ।

 

प्रतिक्रिया