ग्याल्पो लोसार छेवा चि (पहिलोदिन) हर्षका साथ मनाउँदै 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ फागुन २०८१, शुक्रवार
ग्याल्पो लोसार छेवा चि (पहिलोदिन) हर्षका साथ मनाउँदै 

आदिवासी शेर्पा लगायत हिमाली बौद्धधर्मवलम्बीहरु राष्ट्रिय चाड ग्याल्पो लोसार आज पहिलो दिन चेवा चि हर्षका साथ मनाईरहेको छ । लोसारको पहिलो दिन परिवारका ठुलाबडावाट आर्शिवाद लिँदै परिवारसंग आत्मियता साटासाट गरि मिठा परिकार खाएर मनाउने गरिन्छ । 

प्रत्येक वर्ष फागुनशुक्ल प्रतिपदाको दिनबाट सुरु हुने लोसार शेर्पा समुदायले विविध कार्यक्रमको आयोजना गरि मनाएको हो । छेवा चि बाट सुरुहुने लोसार पहिलो दिन घरपरिवारसंग बसेर मनाउने र दोस्रोदिन आफ्न्तासंग भेटघाट गर्दै मनाउने यो चाडको तेस्रोदिन छेवा सुममा गुम्बामा सबैजना भेलाभएर लफ्सो पुजामा सामेल भएर सामुहिक रुपमा हर्षका साथ मनाउने प्रचलन छ । 

लोसार सुरु हुनु एक दिन अगि गुथुक खाने प्रचलन रहेको छ । नौ वटा परिकारलाई मिसाएर पकाउने परिकार प्रत्येक घरमा पुरानो वर्षलाई विदाई गर्दै नयाँ वर्षको स्वागत गर्दै खाने गरिन्छ । 

राजधानी काठमाडौँमा पनि आदिवासी जनजाति शेर्पा समुदायले सामुहिक रुपमा गुथुक साँझ कार्यक्रमको आयोजना गरि लोसार सुरुहुनु अगिल्लो दिन गुथुक परम्परालाई समुहिक रुपमा निरन्तर दिँदै आएको छ । 

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले प्रत्येक वर्ष गुथुक साँझ सहित सांस्कृतिक स्याब्रु प्रस्तुती कार्यक्रमको आयोजना गर्दै आएको छ । सो ग्याल्पो लोसार गुथुक साँझ कार्यक्रमको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले गर्नुभएको थियो । 

सो अवसरमा उहाँले लोसारको शुभकामना दिनुहुँदै सांस्कृतिक विविधताले समाजमा सदभावना ल्याएको भनाई राख्नुभयो । उहाँले ग्याल्पो लोसार शेर्पा समुदायको मात्र नभई नेपालकै राष्ट्रिय चाड भएको बताउनुभयो । 

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रकी अध्यक्ष डोमा शेर्पाले शेर्पा संघसंस्था सबै एकजुट भएर ग्याल्पो लोसार मुलआयोजक समिति बनाएर लोसारको कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कारसंस्कृति संरक्षणमा शेर्पा समुदायमा रहेका संघसंस्था किदुगहरुले पहल गर्नुपर्नेमा जोडदिनुभयो । 

यसअघि ग्याल्पो लोसारको अवसरमा फागुन १५ गते इतिहासमै पहिलो पटक राष्ट्रपति भवनमा आयोजित ग्याल्पो लोसार शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेयलले ग्याल्पो लोसारको शुभकामनादिनु हुँदै बहुभाषिक बहुधार्मिक मुलुक नेपालमा सांस्कृतिक धार्मिक र भौगोलिक विविधाताले नेपाललाई चिनाएकोमा गर्व गर्नुहुँदै विविधताले राष्ट्रिय एकता कायम भईरहेको भनाई राख्नुभयो । 

शेर्पा कार्यक्रमआयोजको आयोजना र नेपाल शेर्पा संघको सहआयोजनामा भएको हिमाली बौद्ध धर्मलवम्बीहरुको राष्ट्रिय चाड ग्याल्पो लोसार श्यिङमो डुल लो (काठ स्त्रीवर्ष) २१५२ औँ नयाँ वर्षको शुभारम्भ राष्ट्रपति कार्यलयबाट गर्न पाउँदा खुशी लागेको नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामाले बताउनुभयो । 

कार्यक्रममा ग्याल्पो लोसार मनाउने विधि प्रकृयाका सम्बन्धमा खेन्पो नुर्बु शेर्पाले आफ्नो भनाई राख्नजुभएको थियो । 

आदिवासी शेर्पा लगायत हिमाली बौद्धधर्मवलम्बीहरुले मनाउने राष्ट्रि चाड लोसार सम्भोटा पात्रो अनुसार नयाँ वर्ष फेरेपछि मनाउने गरिन्छ । पशुपंक्षी र चराचुरुङ्गीको नामबाट प्रत्येक वर्ष फेरिने प्रचलन छ । १२ वटा वर्ग अनुसार गणना गरिने गरिन्छ । च्या(चरा), खि(कुकुर), फाक(सुंगुर), चिवा(मुसा), लङ्(गोरु), तग(बाग) ह्ये(खरायो), डुक(गरुड), डुल(सर्प), तवु(घोडा), लुक(भेडा), टे(बाँदर) गरि बारावटा रहेको छ ।
  
 

प्रतिक्रिया