इतिहासमै पहिलो पटक राष्ट्रपति भवनबाट ग्याल्पो लोसार शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिमाली बौद्ध धर्मलवम्बीहरुको राष्ट्रिय चाड ग्याल्पो लोसार श्यिङ मो डुल लो (काठ स्त्री वर्ष) २१५२ औँ नयाँ वर्षको अवसरमा राष्ट्रपतिबाट शुभकामना दिने कार्यक्रम रहेको हो ।
यहि फागुन १५ गते बिहीबार आयोजना हुन गईरहेको शुभकामना कार्यक्रममा शेर्पा कार्यक्रम आयोजक संस्थाको तर्फबाट रास्ट्रपति रामचन्द्र पौड्यललाई शुभकामना सहित फुलमाल, फलफूल, खाप्से चडाउने र राष्ट्रपतिबाट लोसारको शुभकामना ग्रहण कार्यक्रम रहेको शेर्पा कार्यक्रम आयोजकका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो । उहाँले इतिहासमै पहिलो पटक राष्ट्रपति भवनमा लोसार शुभकामना आदानप्रदान कार्यक्रम गर्न पाउँनु सकरात्मक सुरुवात र गर्वको कुरा भएको बताउनुभयो ।
शुभकामना कार्यक्रममा शेर्पा कलाकार सामुहिक शुभकामना गीत प्रस्तुत गर्ने, सामुहिक फुलमाला, फलफूल, खाप्से प्रदान गर्ने, राष्ट्रपतिबाट सामुहिक लोसारको शुभकामना ग्रहण गर्ने र शेर्पा कलाकारबाट सामुहिक नृत्य प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
आदिवासी शेर्पा लगायत हिमाली बौद्धधर्मवलम्बीहरुले मनाउने राष्ट्रि चाड लोसार सम्भोटा पात्रो अनुसार नयाँ वर्ष फेरेपछि मनाउने गरिन्छ । पशुपंक्षी र चराचुरुङ्गीको नामबाट प्रत्येक वर्ष फेरिने प्रचलन छ । १२ वटा वर्ग अनुसार गणना गरिने गरिन्छ । च्या(चरा), खि(कुकुर), फाक(सुंगुर), चिवा(मुसा), लङ्(गोरु), तग(बाग) ह्ये(खरायो), डुक(गरुड), डुल(सर्प), तवु(घोडा), लुक(भेडा), टे(बाँदर) गरि बारावटा रहेको छ ।