नेफिन सिन्धुपाल्चोकले सरकारी कार्यालयमा मनाइयो सोनाम लोसार 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ माघ २०८१, बुधवार
नेफिन सिन्धुपाल्चोकले सरकारी कार्यालयमा मनाइयो सोनाम लोसार 

मन्जुश्री संवत २८६१ डुल अर्था सर्प वर्ग तथा २१५२ औँ सिङ डुल सोनाम लोसारको सुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्य परिषद् सिन्धुपाल्चोकको आयोजनामा पहिलो पटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गरेको हो । 

विश्व बौद्ध महासंघका अध्यक्ष तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टाशी लामालगायतले लोेसारको शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा संबोधन गर्नुहुँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले लोसारलाई राष्ट्रिय चार्डको रुपमा मनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले लोसारको अवसरमा सरकारले कम्तीमा ३ दिन विदा दिनुपर्ने जोड्नुभयो । 

यसैगरि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाशी लामाले लोसारको शुभकामना दिनुहुँदै आदिवासी जनजातिको अधिकारलाई स्थापित गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने भनाई राख्नुभयो । अध्यक्ष लामाले धर्मनिरपेक्ष, समानुपातिक समावेशीलगायत आदिवासी समुदायको माग संविधानले पुरा गरेपनि सोचेजस्तो आदिवासी जनजातिले आफ्नो अधिकारहरु प्राप्त नगरेकोले आदिवासी आन्दोलन निरन्तर रहिरहने बताउनुभयो । 

गाउँपालिकाको सभाहलमा पालिकाको सहयोगमा पहिलोपटक लोसार कार्यक्रमको आयोजना गरेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्य परिषद् सिन्धुपाल्चोकका सचिव रमेश शेर्पाले जानकारी दिनुभयो । उहाँले महासंघले  पाँचपोखरी गाउँपालिकामा कार्यक्रम आयोजना गर्नुको मुख्य कारण पालिकाभित्र बासोबास विविधतालाई समेट्ने हेतुले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले माथि थप्नुहुँदै भन्नुभयो ‘तामाङ जातिभित्रका गोले थरको पुख्र्यौली थलो (गुन्सा), तामाङ बाहुल क्षेत्र भोटेनाम्लाङ र ह्योल्मो समुदायको एतिहासिक थलो साथै केही शेर्पा समुदायले पनि सोनाम लोसार मनाउने स्थानीय तह भएकोले सबैलाई समेटेर कार्यक्रमको आयोजना गरेको हो ।’ सोनाम लोसार मनाउनको लागि पालिकाले सहयोग गरेकोमा धन्यवाद दिनुहुँदै उदाहरणिय कार्यको थलानी गरेको सचिव शेर्पाले बताउनुभयो ।   

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुपाल्चोकका अध्यष ताराबहादुर जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, नेपाल शेर्पा संघकी उपाध्यक्ष तथा नेतृ लन्जम शेर्पा, गाउँपालिकाका सल्लाहकार शिशिर वाईबा, पाँचपोखरी गाउँपालिका वडा न. ५का वडा अध्यक्ष काले गोले,वडा सदस्य देवराज गुरुङ, शिक्षक महासंघ पाँचपोखरीका अध्यक्ष अजय धिताल लगायतले शुभकामना दिनुभएको थियो । 
कार्यक्रममा यसअगि स्थानियले सांस्कृतिक झाँकी प्रस्तुत गर्नुभएको थियो । 


 

प्रतिक्रिया