आदिवासी सुनुवारहरुको जातीय संस्था सुनुवार सेवा समाज (सुसेस)ले लोपोन्मूख कोँइच लिपीको पुन प्रयोग हुने गरी पुनस्थापाना गर्ने अभियान सुरु गरेको छ ।
सुनुवार समुदायको बाहुल्यता रहेको रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको गाउँ–गाउँमा सुनुवार समुदायको कोइँच लिपिको प्रशिक्षण दिएर यो अभियान सुरु गरेको हो ।
सुनुवार सेवा समाजका महासचिव उत्तम काःतिजका अनुसार यस प्रकारको प्रशिक्षण उमाकुण्ड गाउँपालिकाको बाम्तीभण्डारको सोतुर्मू, पालिकाको केन्द्र प्रिति र गोकुलगंगा गाउँपालिकाको रस्नालु भीमसेनस्थान तथा ओखलढुंगाको खिजी फलाटेमा आयोजना गरिएको थियो ।
सुनुवार सेवा समाज (सुसेस) संघीय समिति र स्थानीय समितिको पहलमा भएको प्रशिक्षण कार्यक्रममा करीव दुइ सय जनाको सहभागिता थियो । उमाकुण्डमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा मात्र विभिन्न क्षेत्रका १ सय ४० जनाले सहभागिता रहेको आयोजकहरुले बताउनु भएको छ ।
उमाकुण्डको बाम्तीको सोतर्मु र प्रति गरी दुई ठाउँमा कार्यक्रम सञ्चालन गरिएको थियो । प्रशिक्षण कार्यक्रममा सुनुवार समुदायका विभिन्न क्षेत्रमा कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा लगायतको सहभागिता रहेको सुसेसका उपाध्यक्ष शिव सुनुवारले बताउनु भयो । हरेक स्थानमा लिपी प्रशिक्षण दुई÷दुई दिनको राखिएको थियो ।
यसै गरी गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालु स्थित भीमसेनस्थानमा पनि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले कोइँज लिपिबाट द, क लेखेर प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नू भएको थियो । प्रशिक्षण कार्यक्रममा विभिन्न क्षेत्रका ६० जना सुनुवार अगुवाहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै खड्काले सुनुवार समुदायको बाहुल्यता रहेको गोकुलगंगा गाउँपालिकामा कोइँच भाषालाई कामकाजी भाषा बनाउने र मातृभाषा शिक्षा लागु गराउने प्रतिबद्धता समेत व्यक्त गर्नू भयो ।
विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सुनुवार सेवा समाज संघीय समितिका महासचिव उत्तम कुमार सुनुवारले प्रशिक्षण दिनु भएको थियो । सुनुवार सेवा समाज संघीय समितिको उपाध्यक्ष शिव सुनुवार सचिव रमेश कुमार सुनुवार सहकोषाध्यक्ष लुकमाया सुनुवार संघीय सदस्य सावित्री सुनुवार, सुनवार लिपिलाई युनिकोड बनाउन मुख्य भूमिका निर्वाह गर्नुहुने देवकुमार सुनुवार, त्यसैगरी सुनुवार सेवा समाज गोकुलगङ्गा गाउँपालिकाका र उमाकुण्ड गाउँपालिका पदाधिकारीहरूले कार्यक्रम आयोजनाका लागि सहजीकरण गर्नू भएको थियो ।
कोँइज लिपी तथा भाषाको प्रबद्र्धनका लागि कोइँच सुनुवारे लिपीमा हाम्सो मासिक पत्रिका प्रकाशित हुँदै आएको छ । हाम्सोले मौखिक परम्परामा आधरित कोइँच सुनुवारहरुको भाषा, इतिहास, संस्कार, संस्किृतिलाई लेख्य परम्परामा र अझ डिजिटल माध्यममा दस्तावेजीकरणगरी पुस्तान्तरण गर्न सहयोग पु¥याउँदै आएको छ ।
दोलखाको सुरीखारीमा छालामा खोपिएको अवस्थामा रहेको कोइँच ब्लेअसे अर्थात कोइँचहरुको लिपी, ताप्लेजुङ देखु काउलेका हेम कर्णले सुनुवारले सन् १९४० को दशकमा पुनः छालामा उर्तानु भएको इतिहास छ ।
सोही कोइँच व्लेअसेलाई कर्ण बहादुर जेँःतिचले परिस्किृत गर्दै देशविदेशमा प्रचारप्रसार र प्रर्वद्धन गर्नुभएको थियो । सन् १९९५ मा सिक्किम सरकारबाट प्रान्तिय भाषाको मान्यता पाएपछि जसोतसो पुस्तक, पत्रपत्रिका र लेखरचनाहरु प्रकाशित हुदै आएको थियो । अहिले नेपालमा पनि कोइँच लिपीलाई परिस्किृत र पुर्णता दिनका लागि कोइँचहरुले बोल्ने सबै ध्वनीलाई हुबहुरुपमा लेख्न सकियोस भनेर युनिकोट बनाइएको यसका अभियन्ताहरुले बताउने गर्नू भएको छ ।
कोइँच सुनुवारहरुको लिपीको साक्षरता दर प्राय शुन्य रहेको अवस्थामा पुनजागरणको अभियानले भाषा, लिपीको पुनउत्थान हुने विश्वास सुनुवार अगुवाहरुको रहेको छ ।