सोनाम ल्होछारको सुभारम्भ राष्ट्रपति कार्यालयबाट  

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१६ माघ २०८१, बुधवार
सोनाम ल्होछारको सुभारम्भ राष्ट्रपति कार्यालयबाट  

राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारको शुभकामना दिनुभएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच ल्होछारको शुभकामना दिनुभएको हो  । 
सोनाम ल्होछारको पुर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदन कार्यक्रम पहिलोपट राष्ट्रपति कार्यालयमा भएको हो । 

सो अवसरमा लामा गुरु, ताम्बा र बोम्बोको विषेश पुजा पश्चात राष्ट्रपति पौडेलले हिमाली, पाहाडी आदिवासी जनजातिहरुको राष्ट्रिय चार्ड सोनाम ल्होछार २८६१ डुल सापुख्री ल्होको शुभकामना दिनुहुँदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार चार्डहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो

विभिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको उहाँको  भनाइ थियो । 

यसअघि ल्होछार मुल आयोजक समितिका संयोजक मोहन गोले तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि पहिलोपटक राष्ट्रपति निवासमा यसखालको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे। ’इतिहासमै पहिलोपटक राष्ट्रपति निवासमा यसखालको पूजापाठ गरेर अपनत्व लिनुभएको छ । यसले निरन्तरता पाउने आशा गरेको छु, ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुशिला थिङ, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, पूर्वमन्त्री तथा तामाङ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थिया । 

तामाङ, ह्योल्मो, समुदायलगायत हिमाली र पाहाडी आदिवासीहरुले ल्होछार सुभारम्भ देखि १५  दिनसम्म मनाउने गरिन्छ । विशेषता छेवा चिदेखि छेवा सुमसम्म विशेषमहत्वका साथ मनाउने प्रचलन छ ।  ल्होछार मुल आयोजक समितिले भने आव बुधबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा ल्होछार इभ मनाउने र बिहीबार वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यक्रमको कार्यतालिका रहेको छ । चन्द्रपात्रो अनुसार माघ १७ गते डुक अर्थात् गरुड वर्गको विदाई गर्दै डुल अर्थात सर्प वर्गको स्वागत गरिन्भछ ।


 

 

प्रतिक्रिया