राष्ट्रिय आदिवासी जनजाति अपांङ्ग महिला संघ नेपाल र इन्डिजनियस टेलिभिजनको प्रसारक संस्था इन्डिजिनियस मिटिया फाउण्डेशको संयुक्त आयोजनामा सञ्चारमा आदिवासी जनजाति सञ्चारकर्मीहरुको विषयगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सञ्चारसंस्थामा आवद्ध रहेका आदिवासी सञ्चारकर्मीहरु सम्मिलित सो कार्यक्रम दुइ दिन सम्म चलेको थियो ।
कार्यक्रममा आफनो प्रस्तुति राख्नु आदिवासीको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)का सचिव तथा अधिवक्ता भिम राईले भूमि, भूभाग र भूक्षेत्र तथा प्राकृतिकस्रोतसंग आदिवासीको सम्बन्ध निकट रहेको हुँदा यसमा आदिवासी सञ्चारकर्मीको महत्वपूर्ण भूीमका रहने बताउनु भयो । उहाँले आदिवासीको आत्मनिर्णयका अधिकार तथा स्वशासनका लागि नेपालको संविधान २०७२ सशोधन नभई पुर्नलेखन हुनपर्ने भनाई राख्नुभयो ।
इन्डिजिनियस मिडिया फाउण्डेशनका संस्थापक अध्यक्ष देव कुमार सुनुवारले आदिवासी जनजाति पत्रकारिताको अभ्यासर चुनौतिहरुका बारे बोल्नुभएको थियो । अध्यक्ष सुनुवारले आदिवासी जनजातिको विषय नेपालका गनेमानेका मुलधारका समाचार संस्थाले वेवास्ता गर्दा आदिवासी मिडियाको जन्म भएको भनाई राख्नुभयो । उहाँले आदिवासी मिडिया विकासको सन्र्दभ नेपालमा मात्र नभई पछिल्लो समय विश्वभर आदिवासी बसोबास स्थानमा खोल्ने अभ्यास बस्दै आएको सुनाउनुभयो ।
प्रशिक्षणकै क्रममा डा. श्रीकुमार महर्जनले जलवायु परिवर्तनको परिभाषा, यस्कान्युनिकरण तथा अनुकुलनको अभ्यास, जलवायु न्याय, आदिवासी महिला,युवा तथा अपांगता भएकाहरुकोअधिकार हनन्विरुद्धमा मिडियाको भूमिका कस्तो हुनुपर्छ भनेर प्रस्तुती राख्नुभएको थियो । डा. महर्जनले जलवायु परिवर्तनले प्रकृतिसंग नजिक बसोबास आदिवासी जनजाति समुदाय त्यस समुदायमा पनि अपांगता भएका आदिवासी किशोरी तथा महिलाहरुको अवस्था दर्दनाक बन्दै गएको भनाई राख्नुभयो । उहाँले प्रकृतिसंग आश्रीत आदिवासी जनजातिहरु जलवायु परिवर्तनले निम्त्याएको समस्याले गर्दा विस्तापित हुने संख्या बढेको बताउनुभयो ।
राष्ट्रिय आदिवासी जनजाति अपांङ्ग महिला संघ नेपाल (निडवान)की अध्यक्ष प्रतिमा गुरुङले मिडियामा अपांगता भएका व्यक्तिहरु मात्र नभएर आदिवासी महिला। युवा र अपाँगता भएका आदिवासीको सवाल कम आउनुका साथै आएका समाचारमा पनि अपांगता भएका व्यक्तिहरुलाई आँच पर्ने ढंगबाट प्रस्तुत गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो अपांगता भएका व्यक्तिको पनि मानव अधिकारको विषय, समाजमा अरु व्यक्ति सरह बाँच्न पाउने अधिकार भएकोले उनीहरुलाई दया, माया, र विचराको भावनाले हेर्न हुँदैन । उहाँले कार्यपत्र प्रस्तुत गर्नुहुँदै अपांगताभएका व्यक्तिहरुको सवालमा समाचार बनाउँदा ख्याल गर्न सुझाव दिनुभयो ।
यसैगरि मिडियामा अपांगताको सवालहरुकोप्रस्तुति मानध अधिकारमूखी ढाँचाभाषागत शिष्टाचार) सम्बन्धमा कृष्ण गहतराजले प्रस्तुति राख्नुहुँदै मुलधारका मिडियाहरुले अपाङ्गताको मुद्धाहरुलाई समावेशी ढंगले नउठाएको गुनासो गर्नुभयो । उहाँले अपांगता भएको व्यक्तिमा पनि आदिवासी जनजाति अपांगता भएका व्यक्ति त्यसमा पनि आदिवासी जनजाति अपांगता भएका महिला तथा किशोरीहरुको आवज विषयबस्तु मिडियाको चासोको विषयमा नपर्नेगरेको बताउनुभयो ।
सोही अवसरमा इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निमार्ता कुमार यात्रुले आदिवासी जनजातिका विषयमा प्रष्ट पार्नुभएको थियो । उहाँले आदिवासी जनजाति समुदायमा पहिचान, भाषा, संस्कार, संस्कृति, प्रथाजनित संघसंस्था, भुमि अधिकार लगायतका विषयहरु आदिवासीको लागि निकै महत्वपुर्ण र मिडियामा आउनुपर्ने विषय रहेको औल्याउनुभयो ।
यसैगरि पत्रकार भुवन केसीले आदिवासी जनजातिका सवाल र रिर्पोटिङका सम्बन्धमा प्रस्तुति राख्नुभएको थियो । उहाँले आदिवासी जनजातिका सवालमा आदिवासी जनजाति पत्रकारलेमात्र नभई गैरआदिवासीले पनि चलाउनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रमको पहिलो दिनको उद्घाटन आदिवासी जनजाति आयोगकका अध्यक्ष राम बहादुर थापामगरले गर्नुभएको थियो । उहाँले कार्यक्रममा सम्बोधन गर्नुहुँदै आयोगको काम आदिवासी जनजाति समुदायको मुद्धाको सवालमा सरकारलाई सिफारिस गर्ने काम मात्र भएकोले आयोगले गरेको सिफारीसको विषयमा सरकारले कार्यन्वयन गरे गरेन भनेर सञ्चारकर्मीहरुले रिर्पोटिङ गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित पत्रकारहरुले भने आदिवासी अपांगता भएका व्यक्तिहरुको सवालहरु र शब्द चयनका विषयमा संबन्धित संघसंस्था तथा अधिकारर्मीहरुले अभिमुखीकरण तालिमहरुको संचालन गरि जनकारी दिन आवश्यक रहेको बताउनुभयो । मिडियाम चलनचलतीका शव्दहरु बढि चल्ने भएकोले समयसमयमा अधिकारकर्मी संघसंस्था र संचारगृहबिच सहकार्य हुनुपर्ने पत्रकार रन्जित तामाङले बताउनुभयो ।